अस्ट्रेलियामा आतंकवादी आक्रमण गर्ने योजना बनाउँदै गर्दा तीन जना पक्राउ

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

मेलबोर्न । अस्ट्रेलियाको मेलबोर्नमा आतङ्कवादी आक्रमणको योजना बनाएको आरोपमा मङ्गलबार बिहानै प्रहरीले तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो सहर मेलबोर्नमा जथाभावी छुरा प्रहार गरी दुई जनाको हत्या भएको दुई साता नबित्दै पछिल्लो घटना सार्वजनिक भएको हो । 

 

पक्राउ परेकामा टर्केली मूलका अस्ट्रेलियाली रहेका छन् । मेलबोर्नको भिडभाड इलाकामा आक्रमण गर्ने योजना बनाइरहेको अवस्थामा ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

 

प्रहरीले पक्राउ परेका व्यक्तिहरु इस्लामिक स्टेट समूहबाट प्रभावित रहेको पाइएको बताएको छ । प्रहरीका प्रमुख आयुक्त ग्राहम एस्टोनले भने, “तर उनीहरु कुन समूहमा आबद्ध छन् भन्ने अझै खुलेको छैन ।” 

 

गत मार्चदेखि नै ती तीन व्यक्ति प्रहरीको निगरानीमा रहेका थिए, तर नोभेम्बर ९ मा मेलबोर्न आक्रमणपश्चात उनीहरु अझ बढी सक्रिय रहेको पाइएको छ, ग्राहमले बताए। 

 

हाल परिचय नखुलाइएका उनीहरु ३०, २६ र २१ वर्षका छन् । उनीहरुमाथि यसअघि कुनै किसिमको फौजदारी अभियोग थिएन, तर उनीहरुलाई विदेश जान नपाउने गरी पासपोर्ट रद्द गरिएको थियो, प्रहरीले जनाएको छ । 

 

“समयमै हामीले पक्राउ गर्न नसकेको भए जनधनको ठूलै क्षति हुने सम्भावना थियो,” सङ्घीय प्रहरी प्रवक्ता इयान म्याककार्टनीले बताए । 

 

उनले पक्राउ परेका व्यक्तिहरुले आक्रमणका लागि अर्ध–स्वचालित राइफलहरु सङ्कलनको प्रयास गरेको बताए । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

  • 1 minute ago
बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

हेटौँडा। बैठकले सरकारले ल्याएको ७० अर्ब रुपैयाँ भन्दा बढीको बजेट बहुमतले पारित गरेको हो। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले गत असार १ गते बुधबार प्रदेशसभ

आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल

  • 13 minutes ago
आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल

काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौँ को आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन्। उनले नेपाल आयल निग

नेप्सेमा उच्च अंकको वृद्धि

  • 21 minutes ago
नेप्सेमा उच्च अंकको वृद्धि

काठमाडौँ। आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकले वृद्धि भएको छ। आज नेप्से ७४.९३ अंकले बढेर २ हजार ३७.६४ विन्दुमा पुगेको हो। बुधबार पनि नेप्से ४१.३९ अंकले बढेर १ हजार ९ सय ६२.७१ व



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।