अष्ट्रेलियाले डिसेम्बर १ देखि पूर्ण खोप लगाएकालाई प्रवेश अनुमति दिने

Norvic Hospital

सिड्नी । अष्ट्रेलियाले सोमबार आफ्नो यात्रा नियम थप खुकुलो पार्दै पूर्ण खोप लगाएका पर्यटकलाई डिसेम्बर १ देखि यात्रा छुटको लागि आवेदन नै नगरी देश प्रवेश गर्न अनुमति दिने जनाएको छ ।

 

 त्यस्ता योग्य राहादानी धारकमा दक्षजनशक्ति, विद्यार्थी, मानवीय सेवामा काम गर्ने, छुट्टी मनाउने र अस्थायी पारिवारिक राहादानी बोकेका समावेश छन् । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले एक विज्ञप्तिमा जनाएअनुसार १ डिसेम्बर २०२१ देखि, पूर्ण खोप लगाएका योग्य भिसा धारकले यात्रा छुटको लागि आवेदन नगरी अष्ट्रेलिया आउन सक्नेछन् । 

 

“योग्य भिसा धारकमा दक्ष र विद्यार्थी समूह, साथै मानवीय, काम गर्ने छुट्टी बनाउने र अस्थायी पारिवारिक भिसा धारक आदि समावेश गरिएका छन् ।“ उनका अनुसार यी परिवर्तनले यो सुनिश्चित गर्नेछ कि “हामीले अष्ट्रेलियालीको स्वास्थ्यको रक्षा गर्दै विछोडमा परेका परिवारलाई पुनर्मिलन गर्दै आर्थिक पुनोरोत्थानको कामलाई पनि बढावा दिनेछौँ ।”

 

यी व्यवस्थाहरू अन्तर्गत मोरिसनले यात्रुहरूले अष्ट्रेलियाको थेराप्यूटिक गुड्स एडमिनिस्ट्रेशनद्वारा स्वीकृत वा मान्यता प्राप्त खोपको पूर्ण मात्रा खोप लगाउनुपर्नेछ । “अष्ट्रेलियामा दक्ष कामदार र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको फिर्ताले हाम्रो आर्थिक पुनरुत्थानलाई अझ बलियो बनाउनेछ, हाम्रो अर्थतन्त्रलाई आवश्यक पर्ने मूल्यवान् कामदारहरू प्रदान गर्ने र हाम्रो महत्त्वपूर्ण शिक्षा क्षेत्रलाई समर्थन गर्ने छ, मोरिसनले भने, “अष्ट्रेलियाले महिनौंको कडा महामारी प्रतिबन्धपछि नोभेम्बर १ मा क्वारेन्टिनमुक्त यात्रुका लागि आफ्नो सीमा फेरि खोलेको छ । गत वर्ष मार्च २० मा, अष्ट्रेलियाले कोरोनाभाइरस महामारीको प्बढ्दो सङ्क्रमण नियान्त्रण गर्ने उद्देश्यले विश्वको सबैभन्दा कडा सीमा प्रतिबन्ध अपनाएको  थियो । अष्ट्रेलियाले १८ महिनासम्म अनुमतिबिना विदेश यात्रा गर्न आफ्ना नागरिकलाई पनि कडा प्रतिबन्ध लगाएको थियो ।”


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ६१ वर्षीया कँडेलको मृत्यु

  • 26 seconds ago
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ६१ वर्षीया कँडेलको मृत्यु

सुर्खेत बाङ्गेसिमलदेखि मुख्य बजारमा आउँदै गरेको क.०२००१.प.८९५० नम्बरको मोटरसाइकलले आइतबार रेडियो नेपाल प्रादेशिक कार्यालय सुर्खेत नजिक कँडेललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनक

स्पेनिस सुपर कपको उपाधि रियललाई

  • 26 minutes ago
स्पेनिस सुपर कपको उपाधि रियललाई

एजेन्सी । स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । आइतबार राति साउदी अरेबियाको रियादमा भएको फाइनल खेलमा एथ्लेटिको बिल्बाओलाई २–० ले हराउँदै रियलले १२औँ पटक सुपर कपको उपाधि हात पारेको ह

खोप लगाउनेको भीड (फोटोफिचर)

  • 39 minutes ago
खोप लगाउनेको भीड (फोटोफिचर)

काठमाडौं । काठमाडौंको छाउनिस्थित विरेन्द्र सैनिक अस्पतालमा कोभिड–१९ विरुद्धको खोप लगाउन लाइनमा बसेका सर्वसाधारण । सरकाले विभिन्न क्षेत्रमा खोप कार्ड अनिवार्य गरेपछि खोप लगाउनेको संख्या बढ्दै गइरहेको छ



पर्यटन

हिउँमा चखेवाका जोडी

हिउँमा चखेवाका जोडी

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडी । तस्बिरः नवीन लामिछाने÷रासस

जीवनशैली

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

एजेन्सी । आचार्य चाणक्य अर्थशास्त्र, राजनीति र आयुर्वेदका जानकार व्यक्ति हुन्। उनले मानव जातिलाई सफल जीवन बिताउन विभिन्न तरिका बताएका छन् ।

विचित्र विश्व

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

एजेन्सी । धृतराष्ट्र जन्मजात अन्धा थिए, तर उनकी पत्नी गान्धारी भने आफ्नो इच्छाले अन्धी भएकी थिइन् । धृतराष्ट्र चाहन्थे कि उनको दाजुभाइहरुको भन्दा पहिले आफ्नो सन्तान होस् । किनभने हस्तिनापुरमा नयाँ पिँडीको सबैभन्दा जेठो पुत्र नै राजा बन्ने परम्परा थियो ।