अष्ट्रेलियाले ल्यायो पार्टनर भिसामा नयाँ प्रावधान

सिड्नी । अष्ट्रेलिया सरकारले पार्टनर भिसामा नयाँ प्रावधान ल्याएको छ । संघीय बजेटमार्फत आएको प्रावधान अनुसार पार्टनर भिसामा अष्ट्रेलिया आउन या पार्टनरका रुपमा स्थायी बसोबास अनुमति पीआर प्राप्त गर्नका लागि नयाँ अंग्रेजी भाषा अनिवार्य भएको हो ।

 

अष्ट्रेलियाको राष्ट्रिय भाषा अंग्रेजी भएको कारणले गर्दा पार्टनरहरुको लागि अष्ट्रेलियको परिवेशसँग घुलमिल हुन सघाउने भन्दै सरकारले यस्तो प्रावधान ल्याएको हो । भाषाले अष्ट्रेलियाको बृहत्तर समूदायसँग घुलमिल हुन सघाउने साथै कामको लागि पनि सघाउ पुग्ने सरकारको अपेक्षा रहेको छ ।

 

यसबारेमा अष्ट्रेलियाका अध्यागमन मन्त्री एलन टजले एक वक्तव्य नै जारी गरेका छन् । जसमा सन् २०२१ को अन्त्यदेखि यो प्रावधान लागू हुने उल्लेख गरेका छन् । नयाँ प्रावधान अनुसार पार्टनरका रुपमा स्थायी अनुमति प्राप्त गर्नका लागि कामचलाउ अंग्रेजी जान्नैपर्ने, यसका लागि पीटीईमा ३२ ओभरअल अंक हुनुपर्ने वा ५ सय घण्टा अंग्रेजी भाषा कक्षा पढेको हुनुपर्ने प्रावधान ल्याइने जनाएका छन् । यस्तो प्रावधानले जोखिममा रहेका पार्टनरहरुलाई सुरक्षा दिन मद्दत पुग्ने अपेक्षा छ ।

 

यसअघि अष्ट्रेलिया सरकारले एडल्ट मार्यग्रेसन ईंगलिस प्रोग्राम घोषणा गरेको थियो । जसमा आप्रवासीहरुले निःशुल्क रुपमा अंग्रेजी भाषा कक्षा लिन पाउने व्यवस्था छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दक्षिण कोरियामा पुनः फैलियो कोरोना संक्रमण

  • 5 minutes ago
दक्षिण कोरियामा पुनः फैलियो कोरोना संक्रमण

एजेन्सी । दक्षिण कोरियामा गत २४ घण्टामा थप ४५० जनामा कोभिड १९ को संक्रमण देखिएपछि यहाँ कोरोना भाइरस कुल संक्रमितको संख्या ३३ हजार ९२४ पुगेको छ ।

भारतमा कति छन् सक्रिय कोरोना संक्रमित ?

  • 13 minutes ago
भारतमा कति छन् सक्रिय कोरोना संक्रमित ?

एजेन्सी । भारतमा शुक्रवार थप ४१ हजार ८१० जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ । भारत को

पुटिनको सफाई कर्मचारीसँग थियो सम्बन्ध, अब ती महिलासँग छ करोडौँको सम्पत्तिः रसियन मिडिया

  • 23 minutes ago
पुटिनको सफाई कर्मचारीसँग थियो सम्बन्ध, अब ती महिलासँग छ करोडौँको सम्पत्तिः रसियन मिडिया

एजेन्सी । रूसी मिडिया प्रोइक्टले एक रिपोर्टमा दाबी गर्दै भनेको कि रूसका राष्ट्रपति भ्लाद्मीर पुटिनको एक महिला सफाई कर्मचारीसँग सम्बन्ध रहेको थियो ।



पर्यटन

बैतडीको मेलौली मन्दिर

बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।

जीवनशैली

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।