अष्ट्रेलियाको एनएसडब्लुमा थप १८ जनामा कोरोना पुष्टि, केही विद्यालय बन्द

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उक्त संख्यामा कोरोना संक्रमित भेटिएको हो ।

 

भेटिएका संक्रमितमध्ये ४ जना पश्चिम सिड्नीमा रहेको वेदरिल पार्कस्थित थाई रक रेष्टुरेन्टको सम्पर्कमा रहेको पाइएको छ । अन्य जना पट्स पोइन्टस्थित अपोल्लोको सम्र्पकमा रहेको पाइएको छ । त्यस्तै, दुई जना होटेल क्वारेन्टिनमा रहेका पर्यटक रहेका छन् भने ६ जनाको बारेमा अनुसन्धान भइरहेको छ ।

संक्रमित थपिएसँगै सिड्नीस्थित चार विद्यालयहरु बन्द भएका छन् । 

 

एनएसडब्लु राज्य सकारका अनुसार पछिल्लो २४ घण्टामा २७ हजार १ सय ४७ जनाको परीक्षण हुँदा उक्त संख्यामा संक्रमित भेटिएका हुन् । सरकारले कोरोना संक्रमित रहेको क्षेत्रमा रहेका व्यक्तिमा संक्रमणको लक्षण देखापरेको खण्डमा परीक्षण गर्नको लागि आह्वान समेत गरेको छ ।

 

भिक्टोरिया राज्यमा मात्रै पछिल्लो २४ घण्टामा ७ सय २३ जनामा संक्रमण पुष्टि भएको छ भने १३ जनाको मृत्यु समेत भएको छ ।


थप समाचार

८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

  • 39 minutes ago
८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले संरक्षण अधिकृत भट्टराई र रोकायाबाट रु तीन लाख ४८ हजार र विभिन्न मितिका बैंक भौचर, रु पाँच लाख ५० हजार गरी कूल रु आठ लाख ९८ हजारसहित सैनामैना नगरपालिका–१० रुपन्देही

मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

  • 40 minutes ago
मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

एजेन्सी । फिलिपिन्सको राजधानी मनिलामा फेरि बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्तामा बुढा

  • 47 minutes ago
गृह मन्त्रालयका प्रवक्तामा बुढा

काठमाडौँ । गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई आज गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

काठमाडौं । प्रतिरोधात्मक क्षमता कम भएका मानिसले कागतीपानी र भिटामिन सीयुक्त खानेकुरा खाने गर्नुपर्छ । यसले इन्फेक्सन वा कोरोना भाइरस (कोभिड–१९) जस्ता फ्लुविरुद्ध लड्नका साथै प्रतिरोधात्मक क्षमता पनि राम्रो बनाउने गर्छ ।