अष्ट्रेलिया सरकारले कोरोना विरुद्धको खोप दिने क्रमलाई तिब्रता दिने

प्रतिकात्मक तस्बिर

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्रीले यहाँ कोरोना विरुद्धको खोपको मात्रा बढाउने बताएका छन् । प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार सो कुराको घोषणा गरेका हुन् । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाकामा आगामी सेप्टेम्बर महिनामा कोरोना भाइरसको खोप फाइजर खोप आउन लागेको र त्यो खोप अगष्ट महिनाबाट दिइने बताए ।

 

उनले आगामी सेप्टेम्बर महिनामा ४५ लाख मात्रा खोप आउने लागेको र त्यसलाई अगष्ट महिनादेखि नागरिकलाई वितरण गरिने भएको पनि बताएको समाचारमा जनाइएको छ । उनले यही जुलाई महिनाको १९ तारिखदेखि अष्ट्रेलियामा हरेक हप्ता नै कम्तीमा पनि दश लाख खोप ल्याइने पनि बताए । 

 

सो खोप नागरिकहरुलाई सकेसम्म चाँडै वितरणको व्यवस्था मिलाइएको पनि बताएका छन् । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलिया ब्रोडकास्टिङ कर्पोरेसनलाई दिएको अन्तर्वार्तामा सो कुरा बताएका छन् । उनले यो वर्षको अन्त्यसम्ममा अष्ट्रेलियाका प्रत्येक नागरिकलाई कम्तीमा पनि एक मात्रा खोप दिइसक्ने तयारी गरेको बताए ।

 

जुन महिनामा अष्ट्रेलियाया सरकारले कोरोना भाइरसका विरुद्धमा लड्नका लागि आवश्यक धेरै तयारी गरेको जानकारी पनि गराएका छन् । उनले दिएको शुक्रबारसम्मको तथ्याङ्कअनुसार अष्ट्रेलियाका १६ वर्षमाथिका कम्तीमा पनि १० प्रतिशत नागरिकले खोप लिइसकेका छन् । अष्ट्रेलियाको सरकारले कोरोना भाइरसविरुद्धको खोप दिने कामलाई प्राथमिकतामा राखेको छ ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सर्वोच्चद्वारा चार पूर्वमाओवादी नेताको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार

  • 42 minutes ago
सर्वोच्चद्वारा चार पूर्वमाओवादी नेताको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले चार जना पूर्वमाओवादी केन्द्रका ने ताहरुको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको हो ।

दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाएपछि सरकारको धारणा सार्वजनिक हुन्छः गृहमन्त्री खाँण

  • 47 minutes ago
दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाएपछि सरकारको धारणा सार्वजनिक हुन्छः गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट महाकाली नदीपार गर्ने क्रममा जयसिंह धामी नदीमा खसेका भन्ने घटनाको छानबिन गरी सत्यतथ्य पत्तालगाई सार्वजनिक गर्ने बताएका छन् ।

कोभिड युनिफाइड केन्द्रिय अस्पतालको प्रमुखमा मरासिनी नियुक्त

  • 48 minutes ago
कोभिड युनिफाइड केन्द्रिय अस्पतालको प्रमुखमा मरासिनी नियुक्त

काठमाडौँ । कोभिड युनिफाइड केन्द्रिय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा डा. रुद्र मरासिनी नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरिय निर्णय गर्दै मरासिनीलाई वीर अस्पतालको प्रमु



पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।