कस्तो अवस्थामा अस्ट्रेलियामा आउन तीन वर्षे प्रतिबन्ध लाग्दछ ?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

मेरो भिसा बिग्रेको कारणले म अर्को हप्ता नेपाल फर्कदैंछु । यसरी फर्केपछि अर्को तीन वर्षसम्म फेरि अप्लाई गर्न पाइदैंन रे भन्ने सुनेको छु । के यो साँचो हो ? 

 

तपाईंले ‘भिसा बिग्रेको’ मात्र भन्नुभएको छ, तर के–कति कारणले कुन भिसा अस्वीकृत (रिफ्युज) वा रद्ध (क्यान्सल) भएको हो भन्ने खुलाउनुभएको छैन । त्यसैले तपाईंको प्रश्नको स्पष्ट जवाफ दिन अप्ठ्यारो  हुन्छ । यद्यपि पुनः अस्ट्रेलिया प्रवेश गर्न नपाउने अवस्थाहरूको बारेमा छोटो जानकारी यहाँ प्रस्तुत गर्दैछु । 

 

कसैले आफ्नो भिसाका शर्तहरूको गम्भीर उल्लंघन गरेको पाइएमा उसलाई तीन वर्षसम्म अस्ट्रेलिया फर्कन नपाउने गरेर प्रतिबन्ध लाग्न सक्छ । 

 

यस्तो प्रतिबन्ध निम्न अवस्थाहरूमा लाग्न सक्छः  

 

१. आफूलाई दिइएको भिसाको अवधि सकिएको २८ दिनभन्दा पछाडिसम्म अस्ट्रेलियामा बसोबास र 

 

२. निम्न कारणले गर्दा तपाईंको भिसा रद्ध भएमाः

क. तपाईंले अध्यागमन विभागलाई नक्कली कागजात वा विवरण बुझाउनुभएकोले 

ख. भिसाका शर्तहरू उल्लंघन हुने गरी काम गर्नुभएकोले 

ग. विद्यार्थी भिसामा हुँदा भर्ना नगरी बस्नु भएकोले 

घ. तपाईं सक्कली विद्यार्थी वा पर्यटक होइन भनी पत्ता लागेकोले 

 

 

के यसरी लगाइएको प्रतिबन्ध हटाउनको लागि अनुरोध गर्न मिल्छ?

 

यो प्रतिबन्ध हट्दैन । तर यदि तपाईं कुनै अस्थायी भिसा जस्तैः विद्यार्थी भिसा, टुरिस्ट भिसाको लागि आवेदन दिन चाहनुहुन्छ भने त्यो आवेदनको प्रयोजनको लागि मात्र भनेर चाहिँ यो प्रतिबन्ध हटाउनको लागि अनुरोध गर्न सकिन्छ । यसको लागि तपाईंले अध्यागमन विभागलाई लिखित रूपमा अनुरोध गर्नुपर्दछ । तर के कुरा हेक्का राख्नुपर्छ भने यो प्रतिबन्ध साधारणतयाः धेरै सजिलैसित भने हटाइँदैन । कुनै अस्ट्रेलियाको नागरिक वा स्थायी बासिन्दाको हितलाई असर पर्ने र  कुनै दया गर्नु पर्ने (compassionate) वा मजबुर (compelling) कारण भएमा मात्र यो प्रतिबन्ध हट्न सक्छ । 

 

म मेरी आमालाई स्पोन्सर्ड फ्यामिली भिजिट भिसामा तीन महिनाको लागि अस्ट्रेलिया घुम्न बोलाउन चाहन्छु । यसको लागि मैले सुरुमै धरौटी बुझाउनु पर्ने हो? 

 

धरौटी माग्ने कि नमाग्ने भन्ने कुरा केस अफिसरको स्वविवेकको कुरा हो । यदि भिसा आवेदनसाथ तपाईंले आफ्नो आम्दानीको स्रोत, बैंक ब्यालेन्स सर्टिफिकेट आदि संलग्न गर्नुभएको छ र केस अफिसरलाई तपाईंकी आमाले आफ्नो भिसाका कुनै पनि शर्त उल्लंघन नगरिकन भिसा अवधिमै अष्ट्रेलिया छोड्नुहुन्छ भन्ने विश्वास लागेमा धरौटी रकम नमाग्न पनि सक्छन् । त्यसैले सुरुमै धरौटी बुझाउनु पर्दैन । केस अफिसरले तपाईंलाई सम्पर्क गरेर यति रकम धरौटी जम्मा गर्नुहोला भनेपछि मात्र तपाईंले रकम जम्मा गर्दा हुन्छ ।

 

यस स्तम्भमा दिइएका जानकारी पूर्ण, अद्यावधिक र सबैका लागि उपयुक्त नहुनसक्छन्। कुनै निष्कर्षमा पुग्नु वा कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नुभन्दा पहिले अध्यागमन विभागको वेबसाइट, माइग्रेशनसम्बन्धी परामर्श दिने वकील वा रजिस्टर्ड माइग्रेशन एजेन्टबाट आवश्यक जानकारी लिनु उचित हुन्छ। लेखक रजिष्टर्ड माइग्रेशन एजेन्ट (MARN 1172267)  हुन्। तपाईंका पनि कुनै जिज्ञासा छन् भने  info@nepalipatra.com.au मा पठाउन सक्नुहुन्छ। तपाईंको परिचय गोप्य राखिनेछ।  

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

  • 6 minutes ago
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

  • 17 minutes ago
बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

हेटौँडा। बैठकले सरकारले ल्याएको ७० अर्ब रुपैयाँ भन्दा बढीको बजेट बहुमतले पारित गरेको हो। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले गत असार १ गते बुधबार प्रदेशसभ

आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल

  • 28 minutes ago
आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल

काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौँ को आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन्। उनले नेपाल आयल निग



पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।