एसियन कप छनोटका लागि अन्तिम टोलीको घोषणा, ‘१० खेलाडी’ अटाएनन्

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • शुक्रबार, ६ जेष्ठ, २०७९
  • 1 month ago
  • खेल

काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले कुवेतमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि अन्तिम टोली घोषणा गरेका छन्। शुक्रबार अल्मुताइरीले घोषणा गरेको टोलीमा बन्द प्रशिक्षणबाट निस्किएका १० खेलाडीहरु भने अटेका छैनन्।

 

खेलाडीहरुले प्रशिक्षकको कारण प्रशिक्षण छोडेको बताउँदै आएका छन्। यस घटनाको बारेमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले छानविन समिति गठन गरेको थियो। सो तीन सदस्यीय छानविन समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ। तर, एन्फाले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन।

 

प्रशिक्षक अल्मुताईरीले किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, तेज तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, विशाल श्रेष्ठलाई बाहिर राख्दै टोलीको घोषणा गरेका हुन्।

 

अन्तिम टोली

गोलरक्षकः दीप कार्की, विशाल सुनार, टिकेन्द्र सिंह थापा

डिफेण्डरः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल

मिडफिल्डरः आकाश बुढामगर, एरिक विष्ट, निरकुमार राई, पुजन उपर्कोटी, रोशन रानामगर, सन्तोष तामाङ, शेशेहाङ आङदेम्बे, सुनील वल र सुरज ज्यू ठकुरी

फरवार्डः आयुश घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ ।

 

यी मध्ये, विकास तामाङ, शिव गुरुङ, निरकुमार राई र रोशन रानामगरले पहिलोपल्ट राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।

 

एसियन कपको छनोटमा नेपाल समूह ‘ए’मा रहेको छ। नेपालसँगै यस समूहमा जोर्डन, कुवेत र इण्डोनेसिया रहेका छन्।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आर्थिक प्रलोभनमा परेर बयान फेर्छन् पीडितहरु

  • 11 minutes ago
आर्थिक प्रलोभनमा परेर बयान फेर्छन् पीडितहरु

काठमाडौँ । पछिल्लो समय अदालतसम्म पुगेका मुद्दाका पीडितहरुले बयान फेर्ने गरेको पाइएको छ । वास्तविक पीडितहरुलाई सामाजिक बहिस्कारको समस्या देखाउने र आगामी दिनमा हुन सक्ने आर्थिक सङ्कट देखाउने कारणले अधिक

नेपालमा थप ४० जनामा कोरोना संक्रमण

  • 25 minutes ago
नेपालमा थप ४० जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार तीन हजार १० जनामा गरिएको कोरोना परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो एक

अस्ट्रेलिया प्रवेश गर्दा कोभिड–१९ विरूद्धको खोप लगाउने प्रावधानलाई हटाइयो

  • 29 minutes ago
अस्ट्रेलिया प्रवेश गर्दा कोभिड–१९ विरूद्धको खोप लगाउने प्रावधानलाई हटाइयो

सिड्नी । अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय यात्रुहरूलाई कोभिड–१९ विरूद्धको खोप लगाएको पुष्टि गर्नुपर्ने प्रवाधान अन्त्य गरिएको घोषणा गरेको छ ।



पर्यटन

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।