Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थबागलुङका स्थानीय तहले ल्याए रू पाँच अर्ब ९६ करोडको बजेट

बागलुङका स्थानीय तहले ल्याए रू पाँच अर्ब ९६ करोडको बजेट


बागलुङ । बागलुङका सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । बागलुङका चार नगरपालिका र छ गाउँपालिकाले रू पाँच अर्ब ९६ करोड ७७ लाख १७ हजार छ सयको बजेट ल्याएका हुन् ।

आर्थिक वर्ष २०८०-८१ को लागि सङ्घीय सरकार, प्रदेश सरकारको अनुदान र आन्तरिक आयका आधारमा बजेट पेस गरिएको छ ।

बागलुङ नगरपालिकाले रू एक अर्ब ३३ करोडको बजेट ल्याएको छ । नगरपालिकाको १३औँ नगरसभा समक्ष नगर उपप्रमुख राजु खड्काले नगरपालिकाले सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, सर्शत र समपुरक शीर्षकमा प्राप्त अनुदान, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र नगरपालिकाको आन्तरिक आयको आधारमा बजेट प्रस्तुत गरेका थिए ।

गलकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रू ६८ करोड १२ लाख १८ हजार बजेट ल्याएको छ । नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले वित्तीय समानीकरण अनुदानबाट रू ११ करोड ३८ लाख, राजस्व बाँडफाँटबाट रू १० करोड ९५ लाख, सशर्त अनुदानबाट रू ३६ करोड १० लाख, विशेष अनुदानबाट रु एक करोड ५० लाखसहितको बजेट पेस गरे ।

त्यस्तै जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रू ७२ करोड चार लाख ६८ हजार बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख हरिहर शर्माले रू ७२ करोड चार लाख ६८ हजार सात सयको बजेट प्रस्तुत गरेका हुन् ।

त्यसैगरी, ढोरपाटन नगरपालिकाले रू ५५ करोड २४ लाखको बजेट प्रस्ताव गरेको छ । नगर उपप्रमुख धनबहादुर कायतले नगर सभासमक्ष, आन्तरिक आम्दानी, सङ्घीय सरकार र प्रदेश सरकारको अनुदानका आधारमा रू ५५ करोड २४ लाखको बजेट नगरसभासमक्ष पेस गरेको बताए ।

त्यस्तै बागलुङको तमानखोला गाउँपालिकाले रू ३० करोड ३८ लाख ४९ हजार बजेट ल्याएको छ । तमानखोला गाउँपालिकाको चालु खर्च रू चार करोड ४० लाख, सङ्घीय सशर्त अनुदान रू ११ करोड ७५ लाख, समपुरक अनुदान रु ७० लाख, सङ्घीय विशेष अनुदान रू ९० लाखका आधारमा बजेट तयार गरिएको हो ।

बागलुङको काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रू ५६ करोड १२ लाख ३४ हजारको बजेट ल्याएको छ । गाउँसभामा उपाध्यक्ष तेजबहादुर थापा तिलकले बजेट प्रस्तुत गरेका थिए ।

बडिगाड गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रू ६७ करोड १९ लाख ६४ हजार बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । गाउँसभामा आर्थिक वर्ष २०८०-८१ को लागि गाउँपालिका उपाध्यक्ष भीमसेन बनले प्रस्तुत गरेको बजेट पारित भएको हो ।

त्यस्तै ताराखोला गाउँपालिकाले आगमी आर्थिक वर्षका लागि रू ३६ करोड ६७ लाख ९३ हजार बजेट पेस गरेको छ । गाउँपालिका उपाध्यक्ष भीमबहादुर रोकाले आन्तरिक आम्दानी, सङ्घीय सरकारको विभिन्न शीर्षक अन्तर्गतको अनुदान र गण्डकी प्रदेशको विभिन्न शीर्षकको अनुदान अन्तरगत आगमी आर्थिक वर्ष २०८०र८१ का लागि रू ३६ करोड ६७ लाख बजेट गाउँसभा समक्ष पेस गरेका छन् ।

यस्तै बरेङ गाउँपालिकाले रू ३१ करोड २९ लाख ८१ हजारको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष दिलीपकुमार पुनले गाउँसभामा आर्थिक वर्ष २०८०र८१ का लागि उक्त बजेट प्रस्तुत गरेका छन् ।

जिल्लाको निसीखोला गाउँपालिकाले रू ४६ करोड ४६ लाख ८० हजारको बजेट प्रस्तुत गरेको छ । आइतबार आयोजित गाउँसभामा गाउँपालिका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले सङ्घीय अनुदान, प्रदेश अनुदान र आन्तरिक आयका आधारमा उक्त बजेट पेस गरेका हुन् ।

गाउँपालिकाले सामाजिक विकासमा २० प्रतिशत, पूर्वाधारमा ३५ प्रतिशत, आर्थिक विकासमा २० प्रतिशत, सुशासन र वनमा १०र१० प्रतिशत बजेट बाँडफाँट गरेर सभामा पेस गरेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

Techie IT