आज आर्यन खानले जमानत पाउँलान् त ?

Norvic Hospital

एजेन्सी । मुम्बई क्रुज ड्रग्स मामलामा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खानको जमानत याचिकामा आज बम्बे हाइ कोर्टमा सुनुवाई हुँदैछ । 

 

मंगलबार भएको बहसमा आर्यन खानका वकिलले उनलाई जमानता दिलाउन आफ्नो तर्फबाट बलियो तर्क पेश गरेका थिए । त्यस्तै एनसिबीको तर्फबाट थप अनुसन्धान आवश्यक रहेको भन्दै तर्क पेश गरिएको थियो । दुवै पक्षले आफुहरुले जुटाएको प्रमाण पेश गरेका थिए । 

 

आर्यन खानका वकिलले आर्यन खान अतिथिका रुपमा क्रुजमा गएको तर्क पेश गरे । उनले भनेका छन्,‘आर्यन क्यालिफोर्नियामा अध्ययनरत छन् । कोरोनाका कारण घर फर्किएका थिए । उनलाई क्रुजमा अतिथिका रुपमा बोलाइएको थियो । प्रदिप गाबाले उनलाई बोलाएका थिए । प्रदिप गाबा इभेन्ट म्यानेजर हुन् । आर्यन र अरबाज मर्चेन्टसँग क्रुजको टिकट पनि थिएन । पन्चनामा फोन सिज गरिएको रिपोर्ट समेत गरिएको थिएन ।’

 

अक्टुबर २० मा नारकोटीक ड्रग्स एण्ड साइकोट्रोपिक सबस्टेन्स (एनडीपीएस) अधिनियममा रहेर जमानतका लागि बम्बे उच्च अदालतमा रिट दायर गरेका थिए । यसभन्दा पहिले उक्त मामलामा दायर गरिएको याचिकालाई विशेष अदालतले खारेज गर्दै आर्यनलाई ३० अक्टुबरसम्म न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो । 

 

मुम्बई क्रुज ड्रग्स मामलामा आर्यनको जमानत अर्जीलाई मजिस्ट्रेट अदालत र विशेष एनडीपीएस अदालत दुबैले खारेज गरेपछि आर्यन तीन हप्तादेखि हिरासतमा छन् । 

 

अक्टुबर २ मा पक्राउ परेका उनले आज जमानत पाउँछन् वा जेल जान्छन् सबैको चासोको विषय बनेको छ ।  

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गोप्य छलफलमा भीम रावल

  • 6 minutes ago
गोप्य छलफलमा भीम रावल

चितवन । नेकपा एमालेको आगामी नेतृत्वको लागि दाबी गरेका भीम रावलले आफू निकट नेता कार्यकर्तासँग छलफल सुरु गरेका छन्। बन्दसत्रस्थल होटल सेभेन स्टारमा उनी छलफलमा रहेको स्रोतको दावी छ। छलफलमा को को छ

ए डिभिजन लिगः जावलाखेल र पुलिस भिड्दै

  • 8 minutes ago
ए डिभिजन लिगः जावलाखेल र पुलिस भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले आज यूएईलाई जित्नै पर्ने बाध्यता

  • 17 minutes ago
नेपालले आज यूएईलाई जित्नै पर्ने बाध्यता

काठमाडौँ । आईसीसी महिला टी९२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग निर्णायक खेल खेल्दै छ। शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्यसहित यूएई पुगेको नेपाल



जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।