लन्डनमा पशुपतिनाथ मन्दिर : स्थापनाको अवधारणा, औचित्य र महत्व

कसैको आवास रहेको लण्डन प्लमस्टिडको ' स्विङगेट लज' बिक्रीको लागी बजारमा जति खेर आयो त्यतिखेर साउथ ईस्ट लन्डनका झन्डै दुई दर्जन अगुवा  नेपालीहरु मन्दिर स्थापना गर्ने कार्यमा समर्पित बनेर लागिसकेका थिए ।  पण्डित निलहरी घिमिरेको नेतृत्वमा यो समुहले धेरै नेपालीको सहभागितामा चन्दा संकलन लाई तिब्र बनाईरहेको थियो । अब खाँचो खट्किएको थियो त नेपाली मन्दिर स्थापना गर्ने उपयुक्त स्थानको । डीट्याच घरको खुला कम्पाउण्डमा बिक्रीको बोर्ड झुन्ड्याएर गजधम्म बसेको घरलाई सामुदायिक रुपमा नेपाली हरुको आस्थाको आवास बनाउने निर्णयले साकार रुप लिएको आज  दशक बढी समय पार भईसकेको छ । 

 

२० जना समाजसेवीहरुले  मिलेर मन्दिर स्थापना नै गर्ने हो भने एउटा ठुलै  रकमको झुण्ड ुफन्डु खडा नगरे सम्म नेपाली मन्दिर स्थापना हुन् नसक्ने निर्क्यौल  गरेका थिए त्यतिखेर  ।  यो समुहले जनही पांच पांच हजार पाउण्ड चन्दा आफैले हालेर एक लाख पाउण्डको प्रतिवद्दता पछी मात्रै उनीहरू आम नेपाली समक्ष सहयोगको लागी पुगे । धेरै साउथ ईस्ट वासी नेपालीहरुले  होस्टेमा हैसे गरे । ुस्विङगेट लजु एक तिहाई भन्दा बढी रकमको  भुक्तानी र बैकको कर्जा पछी नेपाली समुदायको स्वामित्वमा आयो ।  हिजो सम्म मान्छेलाई बसाएको घरले आस्थाका भगवानलाई विराजमान गरायो र स्थापना भयो दक्षिण पूर्वी लन्डनको प्लमस्टिडमा  नेपाली पशुपतिनाथ मन्दिर । सायद यो नै  नेपालीहरु द्वारा स्थापित यूरोपकै पहिलो नेपाली मन्दिर थियो ।

 

मन्दिरको स्थापना  आफैमा एउटा गर्व र चुनौतीको बिषय थियो । प्रवासमा नेपाली संस्कार र परम्पराको बिडो थाम्नको लागी होस अथवा धुप ध्वाँर, पुजा आजा र अध्यात्मिक चिन्तन मननको लागी होस । आफ्नै नेपाली मौलिकता बोकेको मन्दिर लन्डनमा स्थापना भएर संचालनमा आउनु हरेक नेपालीको लागी प्रार्थमिक रुपमा गौरवको बिषय नै थियो र हो । यस संगै बैंक कर्जाको दायित्व बहन र एउटा घर लाई मन्दिरको रुपमा ढाल्नु पर्ने आवस्यकता, स्रोत साधनको सिमितता लगायतका चुनैती हरु बिच ब्यापकताको खोजीले एक दशक पछाडी आज सम्मपनि निरन्तरता पाईराखेको छ ।

 

नेपाली मन्दिर नै किन ?

आखिर मन्दिर मन्दिर नै हो,  जहाँ भगवान लाई वास बसाएर आफ्नो आस्थाको अभ्यास गरिन्छ । बिषेशत हिन्दु परम्परामा सनातन संस्कृतीलाई अंगाल्दै परापूर्व काल देखी चल्दै चलाउदै आएको संस्कारलाई अंगिकार गर्ने प्रचलन व्याप्त छ । बाबु बाजेका पालादेखी चली  आएको संस्कारको पिछा गर्नु मै अध्यात्मिक चिन्तन र आस्थाको सन्तुष्टी फेला पार्नुमा   धार्मिक अभ्यासको परम्परा छ । 

 

आफु जन्मे हुर्केको देश नेपाल बाट परिस्थितीवस मुग्लानिएका नेपालीहरुले आफ्नो परम्परालाई मन मस्तिष्कमा  संसारको जुन कुनामा रहे पनि संगै बोकेर बाँचेका छन । बेलायतमा नेपालीको आगमन र उनीहरुले अंगालेको संस्कारले पनि यहि कुरा झल्काउछ । 

 

आफ्नो मनको मन्दिर लाई आ आफ्नै घरमा सजाएर बस्नुको अलावा अधिकांश  नेपालीहरु आफ्ना  धार्मिक अनुष्ठान र पर्वहरुमा आफु नजिकको मन्दिर पुगेर आस्था बिसाउने प्रचलन यथावत नै छ । आफ्नो मन मुटुमा नेपाल साँचेर बसेका वेलायतका नेपालीहरु पनि  बिषेशत हिन्दु सनातन धर्म संगै आस्थाको एउटा प्ल्याटफर्मको रुपमा मन्दिर पुग्नु स्वाभाविक नै हो । यो आश्थाको अभ्यासमा जब सनातन अर्थात शताब्दियौं देखि  चली आएको धर्म संस्कारको कुरा आउछ त्यसमा आफ्नो आस्था र अभ्यासको  मौलिकता  प्रार्थमिक बन्न जान्छ । यो मौलिकताको पाटो लन्डनमा बस्ने नेपाली हरुमा पनि अछुतो रहने प्रश्न नै भएन । कुनै धर्म बिशेषको मूल प्रवाह संगै प्रचलनमा रहेको मौलिक संस्कृतीको दैनिक दिनचर्याको अभ्यास बिना अध्यात्मिक सन्तुष्टीको कल्पना गर्न सकिदैन । 

 

परमात्मा प्राप्ति र मोक्षको दुर्लभ मार्ग मार्फत   गृहस्त जीवनका व्यक्तिहरु सन्यासको चरम अभ्यास सम्म  पुग्न कठिन छ । तर आफ्नो संस्कार र परम्परा लाई सम्भव भए सम्म अंगाल्न सक्नुमा पनि मनुष्यले केही हद सम्म शान्तिको श्वास फेर्न सकेको हुन्छ । यसरी आफ्नो धर्मको एउटा अंग जस्तै बनेका मौलिक संस्कृतीका अनेकन पाटा र छिद्रहरुमा छिर्दै त्यसमा स्नान गर्न सकेमा आफ्नो परम्परा थाम्न सकेको आत्मानुभुतीमा अदृश्य मोक्षको आनन्द प्राप्त हुन्छ । 

 

सिन्दू नदीको तटबाट ऋषीमुनि हरुको ध्यान मार्फतको सभ्यता हिन्दु धर्मको रुपमा परिणत हुनुले  नै यो संस्कारको मूल थलो भारतवर्ष भएको कुरामा दुईमत छैन । आदिम कालमा आर्य समुदायको संस्कृती उत्तरमा  नेपाल सम्म पुग्दा होस् अथवा हिमालयको कैलाश पर्वत देखी दक्षिण सम्म फैलिदा होस नेपाली हिन्दु संस्कार र  बिशेषत भारतीय मुलका परम्पराहरु पृथक  नै रहेका छन ।

 

बुद्द, ओशो र महावीरको  ज्ञान समेतलाई सनातन वैदिक दर्शनको रुपमा बुझ्दै र बुझाउदै आएको नेपाली संस्कार हिन्दु, बौद्द, जैन, किरात लगायतका संस्कृतीहरु लाई एउटै अध्यात्ममा अङ्गीकार गर्नु नेपाली हिन्दु  परम्पराको विशेषता नै हो ।

प्रवासका अन्यत्र ठाउँ जस्तै दक्षिण पूर्वी लन्डनका नेपालीहरु पनि आफ्ना चाड पर्वहरुमा आफुलाई पायक पर्ने मन्दिरहरु पुगेर पुजा आजा गर्दै  गर्दा पलाएको नेपाली मन्दिर स्थापना आँकुरा केही हदसम्म बेलायतका अन्य स्थानहरुमा पनि फैलिदै पनि गएको छ । बेलायतको बर्मिन्घम, अल्डरसट र पश्चिम लन्डनका नेपालीहरु पनि नेपाली मन्दिर स्थापनामा दत्तचित्त बनेका देखिन्छन ।

लन्डनमा ईन्डियन मुलबाट उम्रिएका बिशाल मन्दिरहरु यत्रतत्र भेटिन्छन । एकातिर हिन्दु आस्था मात्रै नभएर तिज, दशैँ जस्ता पर्वहरु समग्र  नेपाली संस्कृतीकै बिशेष मौलिक पर्व हरु हुन अथवा अधिक धार्मिक महत्व बोकेका  शिवरात्री, माघे सक्रान्ति, बुद्द पूर्णिमा, कुशे औँसी, जनै पूर्णिमा जस्ता पर्वहरु हुन नेपाली मूल बाहेकका अन्य मन्दिरहरुमा यिनीहरुको नेपाली मौलिकता पाउन सकिदैन । लन्डनमा नेपाली मन्दिर स्थापनाको औचित्य र आवश्यकता किन भन्ने प्रश्नको उत्तर खोज्न यस्तै अनुभव संगालेका साउथ ईष्ट लन्डनका नेपालीहरुमा नेपाली मन्दिर स्थापनाको आशाको टुसाले जरा गाडेको डोब फेला पार्न सकिन्छ । 

 

अर्कोतर्फ हुर्किदै गरेको यहाँको नयाँ नेपाली  पुस्तालाई आफ्नो संस्कारमा भिजाउने एउटा पोखरी, नेपाल  र  नेपाली परम्परा संग जोडने एउटा पुलको लटठा, कालान्तरमा आफ्नो संस्कृतीको चिनारी दिन सक्ने, आफ्नो पहिचानको परिचायकको एउटा चौपारी बन्न सक्ने एक मात्र केन्द्र बिन्दु पनि नेपाली मन्दिर स्थापना  गर्नु नै हो भन्ने अभिप्रायले नेपाली मन्दिर स्थापानाको अवधारण पलाएको हो । त्यसैगरी नेपाली मन्दिर स्थापनाको लक्ष सामुदायिक रुपमा समग्र नेपाली  समुदायको एउटा संगम स्थलको परिकल्पना पनि थियो भन्नु अतिशयुक्ति नहोला  ।  

 

 

आफ्नो समुदायको यस्तै र अनेकन दुरगामी महत्वलाई मनन गर्दै सन् २००३ देखी परिकल्पना गरेर सन २००७ मा आधिकारीकता लिए पश्चात दैनिक   रुपमा संचालन हुदै आएको पशुपतिनाथ मन्दिर लन्डनले एकातिर यूरोपमा नेपाली हरु द्वारा स्थापित पहिलो मन्दिरको गर्व बोकेको छ भने संगसंगै अर्कोतिर बिकास र विस्तारको चुनौती पनि ।  मन्दिरले मन्दिरको पूर्ण  आकार र स्वरूप ग्रहण गर्न नसक्दा नसक्दै  पनि यसको स्थापना पश्चात दैनिक प्रातकालीन र सन्ध्याकालीन पुजा आजा र कयौँ ब्रतवन्ध, बिवाह, बिशेष पुजापाठहरुको साक्षी समेत बसिसकेको यो मन्दिर  ुमलाई अझै विस्तार र विकास  गर्न सके  धेरै आस्थावानहरुको आश्रय बन्ने थिएँु भने जसरी अवस्थित छ । 

 

यथास्थितीका सिमा र सिमितताको वावजुद पनि तीजका वर्तालु महिला लाई उपासनामा नचाउने चौपारी ,दशैमा दुर्गा पुजा गर्ने, फूलपाती भित्र्याउने सेलाउने देखी टिकामा जमरा वितरण गर्ने कोट घर,  शिवरात्रीमा ध्वनी जगाउने शिवालय, नाग पंचमीमा नाग स्थान, कृष्ण जन्माष्टमीमा कृष्ण लिला, राम नवमीमा राम चरित्र, बुद्द पूर्णिमामा बुद्द चिन्तन जस्ता  हाम्रा प्रमुख संस्कृती हरुलाई आश्रय दिदै आएको छ लन्डनको यो पशुपतिनाथ मन्दिर । मन्दिरको दैनिक पूजाआजाको अलावा हरेक महिनाको अन्तिम आईतवार हुने सत्संग कार्यक्रमको सांगीतिक अनुष्ठान लगायतका क्रियाकलाप हरुले लन्डनमा नेपाल झाल्काउछन ।

 

शुरुको केही कानुनी प्रक्रिया अन्तर्गतको उल्झन, वित्तीय अभाव र सामाजिक उत्तरदायीत्वमा आउने शिथिलताले मन्दिरको गतिशिलतामा कमी रहेको कुरालाई स्वीकार्ने पर्ने हुन्छ । यद्दपी मन्दिरमा  जे जति काम  हुन सकेका छन हुन नसकेका लाई थाति राखेर हेर्ने हो भने सन्तोष गर्ने पर्ने हुन्छ । सकारात्मकताले सकारात्मकता नै सिर्जेको हुन्छ । मन्दिर र मन्दिरमा बस्ने भगवान सबैका  साझा हुन  । व्यक्तिगत आस्थामा हाम्रो साझा  परम्परा, संस्कार  र संस्कृतीको धरोहर बन्न सक्ने वर्तमान भन्दा भविष्य धेरै बोकेको मन्दिर विकासको जिम्मेवारी पनि हामी सबैको साझा नै हो ।  परम्परा थाम्ने स्थानमा व्यक्ति बिशेष मात्रै प्रार्थमिक हुन् सक्दैन । अभियानका नेतृत्व गर्नेहरुले गर्न नसकेका कुराहरुको आलोचना गर्नु भन्दा उनीहरुले गर्न सकेका कुरामा स्यावासी गर्नु उत्तम हो ।  कसैको  सक्षमता वा असक्षमताको कसिले हामी र हाम्रो सन्ततिको भविष्य बोकेको सर्वाधिक महत्वको बिषय मापन हुन सक्दैन । विदेशको व्यस्त जीवनको दौरानमा मन्दिर स्थापना र संचालनमा जो जसले जे जति योगदान गरेका छन उनीहरु तालिका पात्र छन ।

 

अर्कोतर्फ मन्दिरमा सहभागिता र साधनाको लागी आर्थिक र भौतिक योगदानको मापन हुन्छ भन्ने कुरा कदापि सहि हुन सक्दैन । मन्दिर आफ्नो आस्थाको अभ्यास गर्ने र सामुदायिक मिलनविन्दुको रुपमा विकास हुनुपर्छ । यसअर्थमा मन्दिर स्थापनामा कुनै योगदान गरे पनि नगरे पनि आस्थाको अभ्यासमा सबैको समान अधिकार छ । यसमा सहभागिता जनाउनु नै ठुलो कुरा हो । यसलाई यसरी नै बुझ्नु उत्तम हुनेछ । 

 

वर्तमान परिप्रेक्षमा भवनको बक्यौता कर्जा चुकाएर  पगोडा शैलीको नेपाली स्वरूप झल्किने मन्दिर जस्तै मन्दिर स्थापना गर्ने पवित्र उद्देश्य बोकेर मन्दिर व्यस्थापन समिती तथा ट्रस्टी बोर्डको सक्रियतामा मन्दिर सहयोग संकलनार्थ यही जुलाई ८ मा एउटा च्यारिटी कार्यक्रम समेत आयोजना हुदैछ । आउनुहोस तन मन र धनले सहयोग गरौँ । पशुपतिनाथ मन्दिर प्लमस्टिड लन्डनमा हाम्रो  आस्थाले गजधम्म हामीहरुको  सहयोग कुरेर बसेको छ । मन फुकाएर सहयोग गरौँ । सहयोग यथासक्य गर्ने हो, सके गर्ने हो, नसके क्षम्य छ,  तर हाम्रो आस्थाको अभ्यास , परम्पराको जगेर्ना हाम्रो कर्तब्य हो त्यसैले भावनाले मात्रै भए पनि सहयोग गरौँ   ुयत्ने कृते यदी नासिध्यति कोत्र दोषस्ु पनि त भनिएको छ ।  

जय पशुपतिनाथ !

   

 

 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जनकपुरमा साहित्य महोत्सव

  • 53 seconds ago
जनकपुरमा साहित्य महोत्सव

जनकपुर । बुधबारदेखि जनकपुरमा साहित्य महोत्सव सुरु हुने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी साहित्य महोत्सव सुरु हुने जानकारी दिएको हो । महोत्सवमा हरेक क्षेत्रबाट प्रतिनिधिमूलक सहभागित

चीनमा २५० नयाँ अर्बपति थपिए

  • 2 minutes ago
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त

  • 7 minutes ago
कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त

कर्णली । कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन् ।



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।