रुपन्देहीमा हतियारसहित तीन जना भारतीय नागरिक पक्राउ

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • सोमबार, २० आषाढ, २०७९
  • 1 month ago
  • नेपाल
सांकेतिक तस्बिर

लुम्बिनी । लुम्बिनी इलाका प्रहरी कार्यालयले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले आज प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो । 

 

पक्राउ परेकाहरुमध्येबाट मोटरसाइकल चालक चिनक भनिने हुसेनको दाँहिने कम्मरपेटिबाट कालो प्लास्टिकको झोलाभित्र एउटा कटुवा पेस्तोल, केएफ ९ एमएम लेखिएको दुई राउण्ड गोली र चक्कु एक थान फेला परेको प्रहरीको भनाइ छ ।

 

आइतबार राति ८ः३० बजे उक्त कार्यालयबाट प्रहरी निरीक्षक युवराजजङ्ग कार्कीको नेतृत्वमा  गस्तीमा खटिएको प्रहरीले युपी ५५ एडी ०६८४ नम्बरको मोटर साइकललाई शङ्का लागी पिछा गर्दै जाने क्रममा लुम्बिनी–६ बसपार्क नजिक मोटसाइकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिइ दुर्घटना भएको थियो ।

 

मोटरसाइकल दुर्घटनामा परी तीनै जना घाइते भएकाले उनीहरुलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।  


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रवि लामिछानेको प्रश्नः हेटौँडामा झ्याल र कोठा–कोठामा १८ वटा मन्त्रालय किन चाहियो?

  • 10 hours ago
रवि लामिछानेको प्रश्नः हेटौँडामा झ्याल र कोठा–कोठामा १८ वटा मन्त्रालय किन चाहियो?

हेटौँडा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाग्मती प्रदेशको राजधानी हेटौँडामा एउटै भवनका झ्याल–झ्याल र कोठा–कोठामा मन्त्रालयहरू राखिएकोमा आपत्ति जनाएका छन्। शुक्रवार आयोजित बाग्मती प्

राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ

  • 10 hours ago
राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ

काठमाडौँ। राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका राजपुत पक्राउ परेकी छिन्। आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको भन्दै शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी उनलाई

विद्यालय शिक्षाबाट बञ्चित दशौँ हजार अफगान बालिकाको भविष्य अनिश्चित

  • 11 hours ago
विद्यालय शिक्षाबाट बञ्चित दशौँ हजार अफगान बालिकाको भविष्य अनिश्चित

एजेन्सी । अफगानिस्तानको शासन व्यवस्था तालिबानले सम्हालेको एक वर्ष भयो । एक वर्षदेखि देशका अधिकांश किशोर–किशोरीले कक्षाकोठामा पाइला राख्न पाएका छैनन् ।



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।