विमानस्थलबाट कस्तुरीको विनासहित कोरियन नागरिक पक्राउ
- बुधबार, १५ आषाढ, २०७९
- 1 month ago
- नेपाल

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कस्तुरीको विनासहित कोरियन नागरिक पक्राउ परेका छन्। कोरिया जान लागेका एक कोरियन नागरिक कस्तुरीको विनासहित पक्राउ परेका हुन्।
कोरियन एयरको उडानद्वारा कोरिया जान लागेका जंग जून जुन नामक कोरियन नागरिकलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा प्रहरीले पक्राउ गरेको हो।
सुरक्षा खानतलासीको क्रममा उनलाई ‘मेटल फ्री’ गराई चेकजाँच गर्दा उनले लगाइ आएको निलो रंगको म्याक्स १५ लेखिएको जुत्तालाई एक्स–रे मेशिनमा राख्न लगाई स्क्रिनिङ गर्दा दुवै जुत्ता भित्र सेतो रंगको प्लास्टिक र टेपले बेरिएको कस्तुरीको विना जस्तो देखिने धुलो सहितको पोका थान–२ (प्रत्येक जुत्तामा १–१ पोकाको दरले) को अन्दाजी तौल ७१६ ग्राम फेला परेको थियो।
पक्राउ परेका ती कोरियन नागरिकलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार पठाइएको प्रहरीले जनाएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
हल्कादेखि मध्यम वर्षाको सम्भावना
- 34 seconds ago

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ
- 24 minutes ago

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता
- 50 minutes ago

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

एजेन्सी । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् ।