चोरी गर्नकै लागि काठमाडौँबाट पूर्व गएका ४ जनाको समुह पक्राउ

  • मंगलबार, १३ साउन, २०७७
  • 6 days ago
  • नेपाल

सुनसरी । बसमा लुटपाट गर्ने ४ जनाको समुहलाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । श्रावण ९ गते धरानबाट ईटहरी आईरहेको बसमा सवार रहेका धरान उपमहानगरपालिका– ८ का ५७ बर्षीय डम्बर प्रसाद बास्तोलाको साथमा रहेको ९७ हजार ६०० चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको हो । 

 

पक्राउ पर्नेहरुमा जिल्ला काभ्रेपलाञ्चोक रोसी गाउँपालिका– ३ का ३६ बर्षीय जित बहादुर ट्वाटी श्रेष्ठ, रोसी गाउँपालिका– ५ का २२ बर्षीय चिउनी भनिने युवराज लामा, भुङलो गाउँपालिका– ८ का ३२ बर्षीय सुजन तामाङ भन्ने सन बहादुर लामा तामाङ र तिमाल गाउँपालिका– २ का २६ बर्षीय कमल लामा रहेका छन् । 

 

यो समुहले ईटहरीको ट्ङग्रा खोला छेउमा बसबाट ओर्लन खोजेका बास्तोलाको साथमा रहेको नगद, जबरजस्ती लुटपाट गरी फरार भएको भनी घटनाको जानकारी पाए लगत्तै तत्काल खटिएको ईलाका प्रहरी कार्यालय ईटहरीको प्रहरी टोलीले फरार भएका मध्ये कमल लामालाई तत्काल पक्राउ गरेको थियो भने अन्य ३ जनालाई खोजतलास गर्ने क्रममा सोमवार दिउँसो तरहराबाट पक्राउ गरेको हो । 

 

पक्राउ परेका उनीहरुको साथबाट नगद १२ हजार ९०० बरामद गरेको छ । पक्राउ परेको यो समुह चोरी गर्नकै लागि काठमाडौँबाट साउन ८ गते पुर्वतर्फ आएको र धरानको एक होटलमा बस्दै आएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । निजहरुको सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको तथा सोही घटनामा अन्य दुई जनाको संग्लग्नता रहेको खुल्न आएकोले उनीहरुको समेत खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।


थप समाचार

८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

  • 49 minutes ago
८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले संरक्षण अधिकृत भट्टराई र रोकायाबाट रु तीन लाख ४८ हजार र विभिन्न मितिका बैंक भौचर, रु पाँच लाख ५० हजार गरी कूल रु आठ लाख ९८ हजारसहित सैनामैना नगरपालिका–१० रुपन्देही

मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

  • 50 minutes ago
मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

एजेन्सी । फिलिपिन्सको राजधानी मनिलामा फेरि बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्तामा बुढा

  • 57 minutes ago
गृह मन्त्रालयका प्रवक्तामा बुढा

काठमाडौँ । गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई आज गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

काठमाडौं । प्रतिरोधात्मक क्षमता कम भएका मानिसले कागतीपानी र भिटामिन सीयुक्त खानेकुरा खाने गर्नुपर्छ । यसले इन्फेक्सन वा कोरोना भाइरस (कोभिड–१९) जस्ता फ्लुविरुद्ध लड्नका साथै प्रतिरोधात्मक क्षमता पनि राम्रो बनाउने गर्छ ।