१९ वर्षीय युवतीलाई होटेलमा राखेर चरम यौनशोषण गर्ने दुई युवा पक्राउ
- मंगलबार, २६ आषाढ, २०७५
- 4 years ago
- नेपाल

रसुवा । ललाइफकाई एक युवतीलाई नक्कली नागरिकतासमेत खडा गरी केरुङ पु¥याएको आरोपमा दुई युवालाई रसुवा प्रहरीले सोमबार पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।
जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार पक्राउ पर्नेमा कास्की जिल्ला, पोखरा लेखनाथ नगरपालिका–२६ बस्ने २४ वर्षीय सुरज दर्जी र कास्की जिल्ला पोखरा महानगरपालिका–६ धादिङ गाउँ बस्ने २४ वर्षीय समर परियार छन् ।
उनीहरुलाई चिनियाँ प्रहरीको समन्वयमा रसुवागढीबाट पक्राउ गरी दुवैलाई मानव बेचबिखन तथा ओसारपोसार र जबर्जस्ती करणीअन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।
१९ वर्षीय एक युवतीलाई रसुवावासी भएको नक्कली नागरिकता खडा गरी अध्यागमन कार्यालयबाट सीमा क्षेत्रका बासिन्दाका लागि प्रदान गरिने केरुङ सीमा अनुमतिपत्र समेत बनाएर यही असार ४ गते केरुङ पु¥याई डान्स हलमा यौनधन्दाको काममा लगाएको खुल्न आएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न पाँचमध्ये फरार अन्य तीन जनाको खोजी जारी रहेको बताइएको छ । सो समूहले गत जेठ ११ गते पोखराबाट युवतीलाई ललाइफकाई काठमाडौं हुँदै रसुवाको स्याफ्रुमा पु¥याएर नक्कली नागरिकता तयार नहुन्जेल होटेलमा राखी पटक–पटक चरम यौनशोषण गरेको बुझिन आएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
अध्यागमन कार्यालय रसुवागढीले भने जेठको अन्तिम सातामा केरुङ जान पाउने सीमा अनुमतिपत्र जारी भएको र नक्कली वा सक्कली नागरिकता हो होइन भन्ने पहिचान गर्ने उपकरण नभएकाले याद राख्न नसकिएको बताएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
दक्षिण कोरियामा ओमिक्रोनको उपप्रजाति तीब्र गतिमा फैलियो
- 9 seconds ago

एजेन्सी । दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार सात सय १४ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन् । बिहीबार प्रकाशित तथ्याङ्कको तुलनामा शुक्रबारको तथ्याङ्क घटेको पाइएको छ ।
देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरुको काँधमा आएको छः खेलकुदमन्त्री
- 15 minutes ago

काठमाडौँ। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताएका छन्। मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरुको काँधमा आएको
कांग्रेस प्रवक्ता महतद्वारा नुवाकोटको बाढी–पहिरो ग्रस्त क्षेत्रको निरीक्षण
- 21 minutes ago

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नुवाकोट–१ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। साउन २४ गते राति परेको भीषण वर्षाले नुवाकोट–१ को तादीखोलामा आएको बाढीले
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।