तनहुँबाट ठूलो परिमाणको लागुऔषधसहित एक जना पक्राउ

  • मंगलबार, ९ मंसिर, २०७७
  • 1 month ago
  • नेपाल
प्रतिकात्मक तस्बिर

तनहुँ । ठूलो परिमाणको लागुऔषधसहित तनहुँमा एकजना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा जिल्लाको भानु नगरपालिका–६ ढुङ्गागाडे घर भएका हेडडिम भन्ने ३१ वर्षीय पूर्णबहादुर दमै रहेका छन् । शङ्कास्पद रुपमा हिँडिरहेको अवस्थामा पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवाबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

 

शङ्का लागि शरीरको तलासी गर्दा उनले पछाडि बोकेको झोलाभित्र प्लास्टिकले पोका पारी लुकाइछिपाई राखेको अवस्थामा ११७ थान लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार फेला परेका लागुऔषधमा डाइजोपम ३९, नुरफिन ३९ र फिनारगन ३९ थान रहेका छन् ।

 

पक्राउ परेका दमैलाई सोमबार नै तनहुँ जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बिहीबार जम्मा ५ हजार ३० परीक्षण

  • 4 minutes ago
बिहीबार जम्मा ५ हजार ३० परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ३० स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ४ जना कोरोना संक्रमितको मृत्यु

  • 7 minutes ago
थप ४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको क

नेपालमा थप ३३६ जनामा कोरोना पुष्टि

  • 9 minutes ago
नेपालमा थप ३३६ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३३६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।