१५ किलो गाँजासहित दुई जना पक्राउ

  • बुधबार, ५ कार्तिक, २०७७
  • 7 months ago
  • नेपाल
प्रतिकात्मक तस्बिर

सर्लाही । लागुऔषध गाँजासहित  सर्लाही जिल्लाको लालबन्दीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  लालबन्दी नगरपालिका–१ बागवानी केन्द्रका प्रहरीले प्रदेश २–०–३००१ प ८०६३ नम्बरको मोटरसाइकललाई आज बिहान ४ः३० बजे जाँच गर्दा १५ किलो गाँजासहित हरिवन नगरपालिका २ डाबरी निवासी २० वर्षीय श्रवण महतो र १९ वर्षीय बद्री महतोलाई पक्राउ गरेको हो ।  

डाबरीबाट जंगलको बाटो हुँदै बागवानी आएपछि उनीहरुलाई प्रहरीले जाँच गर्दा गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी प्रवक्ता  मदन कुँवरले जानकारी दिए । प्रहरीले उनीहरुका साथबाट दुई फिट लामो धारिलो हतियार तरबारसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

यसैबीच  बलरा नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।  बलरा–४ स्थित  सार्वजनिक पोखरीमा डुबेर स्थानीयवासी जगु सहनीका नौ वर्षीय छोरा आदित्यकुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मंगलबार साँझ पोखरीमा नुहाउने क्रममा सहनी पोखरीमा डुबेका थिए । 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रोनाल्डोका कारण कोका कोलालाई ४ बिलियन डलर घाटा !

  • 6 minutes ago
रोनाल्डोका कारण कोका कोलालाई ४ बिलियन डलर घाटा !

एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका कारण कोका कोलालाई ४ बिलियन डलर घाटा लागेको छ । कोका कोलाको मार्केट मुल्य २४२ बिलियन डलर रहेको थियो ।

सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डैकती

  • 15 minutes ago
सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डैकती

बर्दिवास । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा गएराति डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ ।

जसपाको उपेन्द्र यादव पक्षको बैठक बस्दै

  • 18 minutes ago
जसपाको उपेन्द्र यादव पक्षको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेपछि बस्न लागेको हो । बुधबार महन्थ ठाकुर समूहले आफूनिकटका १७ ज



पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।