झारफुकमा आउनेलाई ‘बेथा ठीक पार्ने’ भन्दै बलात्कार, आधा दर्जन महिलासँग विवाह

  • आइतबार, २७ साउन, २०७५
  • 2 years ago
  • नेपाल

काठमाडौं । लामो समयदेखि झारफुक गर्दै आएका एक झाक्रीले युवती बलात्कार गरेको उजुरी परेपछि पक्राउ परेका छन् । राजधानीको च्यासलमा लामो समयदेखि झारफुक गर्दै आएका ६४ वर्षीय कृष्ण प्रसाद नेपाललाई प्रहरीले पक्राउ गरेको छ । 

 

उनीसँग झारफुक गर्न आएकी एक ३० वर्षीया युवतीलाई ‘बेथा निको पार्ने भए मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’ भन्दै पटक–पटक बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेको हो ।

 

२०४४ सालदेखि काठमाडौंको झोँछे, टौदह र पछिल्लो समय प्याफलमा बसेर झारफुक गर्दै आएका नेपालले राजधानीकै एक श्रेष्ठ थरकी युवतीलाई ‘रोग निको पार्ने’ नाममा ६ पटक सम्म बलात्कार गरेको जाहेरी परेसँगै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

 

मकवानपुरको भैँसे स्थायी घर भएका नेपाल लामो समदेखि काठमाडौंमा बसेर झारफुक गर्दै आएका थिए । ‘जबर्जस्ती करणीको जाहेरी परेपछि झारफुक पेसा गर्दै आएका कृष्णप्रसाद नेपाललाई पक्राउ गरेका हौँ,’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (डिएसपी) मोहन थापाले भने, ‘उनी संलग्न घट्नबारे अनुसन्धान भइरहेको छ ।’

 

झाँक्रीको आवरणमा बलात्कर गरेको आरेपमा पक्राउ परेका नेपालले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा आफूले सहमतिमा दुईपटक ती युवतीसँग शारिरिक सम्पर्क गरेको स्वीकार गरेका छन् ।

 

झारफुक गर्नका लागि आफ्नो आसनमा आउने महिलाहरुलाई उनले पहिले पनि यसरी नै ‘मेरो जिउमा देउता छन्, रोग निको हुन्छ’ भन्दै बलात्कार गर्ने गरेको पाइएको छ । 

 

६४ वर्षको उमेरसम्म उनले आधा दर्जन महिलासँग विवाह समेत गरेर छाड्ने गरेको बताइएको छ । हाल उनी प्याफलमा उपचारकै क्रममा उनको सम्पर्कमा आईपुगेकी ३० बर्षिया युवतीसँग विवाह गरेर बस्दै आएका थिए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु

  • 12 minutes ago
राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु

एजेन्सी । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी) ले आइतबा

अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’

  • 17 minutes ago
अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’

एजेन्सी । चार वर्षअघि राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले सपथ लिएपछि क्यापिटल हिलको पूर्वतर्फ रहेको हेलिप्याडबाट तत्कालीन राष्ट्रपति बाराक ओबामा मेरिल्याण्डमा रहेको एन्ड्रियुस ज्वाइन्ट् बेस क्याम्पको

सोल्टी सिटी अपार्टमेन्टमा आगलागी (भिडियो)

  • 21 minutes ago
सोल्टी सिटी अपार्टमेन्टमा आगलागी (भिडियो)

काठमाडौँ । काठमाडौँको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो अपार्टमेन्टको पछाडिको भागबाट आगलागी सुरु भएको हो । हाल आगलागी नियन्त्रणका लागि प्रहरी, दमकल र स्थानीयवा



पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

अदुवाका अचुक फाइदाहरु

अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

विचित्र विश्व

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।