आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए पार्टी एक हुनसक्छ: मन्त्री श्रेष्ठ

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले पार्टीमा दर्ता गराइएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए अझै पार्टी एक हुनसक्ने बताएका छन् । 

 

सिरहाको धनगढीमाई नगरपालिकामा आज आयोजित नेकपा सिरहा जिल्ला सदस्यको शपथग्रहण कार्यक्रममा उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीविरुद्ध दर्ता गराएको आरोपपत्र फिर्ता लिइ अदालतको निर्णय मान्न र निर्वाचनमा जान तयार भए पार्टी एक भएर जानसक्ने बताएका हुन् । 

 

मन्त्री श्रेष्ठले निर्वाचन आयोगले अध्यक्षद्वय ओली र प्रचण्डको सहमतिमा र महासचिवको उपस्थितिमा हुने निर्णयलाई नै वैध ठहर गरी पार्टी नफुटेको निर्णय सुनाएको बताउँदै सडक आन्दोलन रोकेर पार्टीलाई एकताबद्धरुपमा अघि बढाउने बताए ।  “सडक आन्दोलनबाट मुलुकलाई निकास दिन सक्दैन्”, उनले भने, “ताजा जनादेशका लागि निर्वाचनमा जानु नै मुलुकको हितमा हुन्छ ।” 

 

सो अवसरमा पार्टीको सिरहा जिल्ला इञ्चार्जसमेत रहेका मन्त्री श्रेष्ठले सिरहाको चारवटै निर्वाचन क्षेत्रबाट पार्टीको जिल्ला कमिटीमा मनोनयन भएका ४० जनालाई शपथग्रहण गराए । 

 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गङ्गाप्रसाद यादव, रामशङ्कर यादव, रामरति राम, रामअवतार यादवलगायतले जिल्ला कमिटीका सदस्यलाई बधाई ज्ञापन गरे । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड–नेपाल समूहद्वारा यी ६ नेतालाई कारबाही

  • 9 minutes ago
प्रचण्ड–नेपाल समूहद्वारा यी ६ नेतालाई कारबाही

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले ओली समूहका ६ जना नेताहरुलाई कारबाही गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सो समूहको केन्द्रीय कमिटी बैठकले ओली समूहमा सक्रिय रहेका ६ नेताहरुलाई का

२३ गते नपुग्दै अनिश्चितताको तुवाँलो र बादल फाटेर नयाँ गति र विश्वास पैदा गर्छः प्रचण्ड

  • 19 minutes ago
२३ गते नपुग्दै अनिश्चितताको तुवाँलो र बादल फाटेर नयाँ गति र विश्वास पैदा गर्छः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएर अन्य राजनीतिक दलहरू मिलेर हटाउने बताएका छन् ।

काठमाडौँमा हुने नेपाल र अष्ट्रेलियाबीचको खेलको मिति सर्‍यो

  • 35 minutes ago
काठमाडौँमा हुने नेपाल र अष्ट्रेलियाबीचको खेलको मिति सर्‍यो

काठमाडौँ । नेपाल र अष्ट्रेलियाबीच काठमाडौँमा हुने भनेको खेलको मिति सरेको छ । कोरोनाभाइरसको महामारीको कारण आगामी मार्च ३० तारिखमा काठमाडौँमा हुने भनेको विश्वकप फुटबलको छनोट खेल पूर्वनिर्धारित मितिमा नह



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।