‘कलाकारहरुले ताली र गालीलाई छुट्टै राख्नुपर्छ’
- मंगलबार, २१ फागुन, २०७५
- 3 years ago
- अन्तर्वार्ता

२५ फेब्रुअरीबाट सुरु भएको पहिलो ‘नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सव– २०१९’ सोमबारबाट सकिएको छ । नाट्य महोत्सवभरी काठमाडौंका चार थियटर हल कौशी, मण्डला, शिल्पी तथा थियटर मलमा तथा मोफसलका विराटनगर, जनकपुर तथा पोखराका हलहरुमा गरी जम्मा ३० स्वदेशी तथा विदेशी नाटक मञ्चन भए । महोत्सवको दौरान, सांस्कृतिक कार्यक्रम, कला प्रदर्शनीका साथै हरेक दिन प्यानल डिस्कसन पनि भए । सोही डिस्कसन अन्तर्गत शुक्रबार ‘लुकिङ आउट, लुकिङ इन’ विषयमा नाट्यकर्मी पशुपति राईले अनुप बरालसँग कुराकानी गरे । सोही कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
पशुपतिः खासमा भन्ने हो भने मलाई सरसँग कुरा गर्ने आँट आउँदैन तर, मलाई तपाईको कालखण्डको कुरा जान्ने मन छ सोही कारणले म उत्सुक भएर यहाँ आउने आँट गरे । सरसँग कुराकानी गर्दै १ घण्टा बिताउन पाउनु मेरो लागि भाग्य हो । पहिलो पटक गुरुकुलमा सरलाई भेट्दाको याद मलाई सबै याद छ । हामी यतिका समयसम्म एउटै क्षेत्रमा छौं । तर, हामीहरुलाई तपाईजस्ता नाटकका सिनियरहरुसँग किन डर लागेको होला ? के अनुशासन भनेको अग्रजहरुले भनेको मान्ने भन्ने हो ?
अनुपः अनुशासन भनेको सिनियरले भनेको सबै कुरा मान्ने भन्ने होइन । यो संस्कारको कुरा हो । सिनियरले भनेको गलत काम पनि मान्नुपर्छ भन्ने चाँही हुँदै होइन ।
पशुपतिः नेपालमा सिनियर र जुनियरबीच धेरै ग्याप छ हो ? मलाई लाग्छ हामी यसरी नै हुर्केका हौं जस्तो लाग्छ ।
अनुपः थियटरको भाषाले मनको कुरा भन्छ । हामी प्रश्न गर्न डरायौं भने किन थियटर गर्ने ? आर्टमा कुनै सिनियर र जुनियर भन्ने हुँदैन । यो कामले छुट्टिने कुरा हो ।
पशुपतिः तपाई चाँही अग्रजहरुसँग कसरी काम गर्नुहुन्थ्यो ?
अनुपः हामी कामलाई कसरी राम्रो बनाउने भनेर झगडा नै गर्थेउँ । जापानको एउटा घटना भनौं है, हामी एउटा कार्यक्रममा थियौं । त्यहा विभिन्न देशका नाटक क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो । पछि हामीलाई एउटा समूह बनाएर टास्क दिइयो । समूहका साथीहरुबीच सँधै झगडा पर्यो । तर, त्यो कामलाई कसरी राम्रो बनाउने भनेर गरिएको झगडा थियो । त्यसले हामीलाई राम्रो सेफमा ल्यायो । मलाई सबैभन्दा माया लाग्ने गुरु जो हो उहाँले मलाई सम्झाई बुझाई सिकाउँनु भयो ।
पशुपतिः सरले भन्नुभएजस्तै मलाई सम्झना छ, गुरुकुलमा पनि कामको सवालले द्धन्द्ध हुन्थ्यो । बेलुका हुने झगडाको माहोलले भोली नाटक नै हुन्न जस्तो लाग्थ्यो । तर, भोलिपल्ट राम्रो नाटक प्रदर्शन हुन्थ्यो । मेरो अर्को प्रश्न अहिले नाटकको चुनौति र सम्भावना के ?
अनुपः मैले रंगमञ्च सुरु गर्दा अहिलेको जस्तो केही साउन्ड, लाइट,म्युजिक थिएन । हामी धेरैजस्तो काम आर्ट पेपरले चलाउँथ्यौं । थिएटरमा पाइला राख्दा बुङ्ग धुलो उड्थ्यो । हाम्रो लागि काठमाडौं आउनु उत्सवजस्तो हुन्थ्यो । सानो ठाउँबाट आएको मान्छेले ठूलो कुरा देखेपछि आतंकित हुन्छ भन्थे हामीलाई त्यस्तै डर थियो । अहिले सुविधा छ । तर, कति मेहनत गरेको छ भन्ने कुरा पनि छ । नाटकको आत्मलाई बुझ्न समय दिनुपर्छ । हामीकहाँ १०–१५ दिनमा नाटक तयार भएको कुराहरु पनि आएका छन् । हामीलाई ‘जो देख्ता हे ओ बिक्ता हे’ भन्ने कुराले गाँझेको छ । हामी एउटै नाटकको लागि वर्ष दिन बिताउँदा हरायो भन्नेहरु पनि छन् । मेहनत गर्ने परम्परा छैन । नाटकको गहिराई बुझ्नु निकै महत्वपूर्ण कुरा हो । समाजलाई बुझ्दा, मान्छेलाई बुझ्दा पनि पात्रमा भिज्न सकिन्छ । शारीरीक अभ्यास, भाषा, लवज लगायतका कुरा पनि महत्वपूर्ण छन् । अहिले म्युजिक, पेन्टिङ लगायतका कुरा जोडिएका छन् ।
हामीसँग ३ महिना नाटक सिक्दैमा केही हुनेवाला छैन । हामीसँग त्यस्तो जादुको छडी छैन । यसको लागि अथक मेहनत आवश्यक छ ।
पशुपतिः तपाईले नाटकमा टिक्नु छ भने भोकै बस्न तयार होउ भन्नु भएको थियो । हाम्रा अग्रजहरुले पनि चिउरा, भुजाजस्त कुराले पेट भरेको कुरा गर्दा हामीलाई ऊर्जा मिल्थ्यो । अहिले यो कुरा सुनायो भने गर्जिनेहरु पनि छन् नि !
अनुपः जबसम्म थियटर उद्योगको रुपमा स्थापीत हुँदैन तव यस्तो कुरा आइरहन्छन् । अहिले हामीसँग केही नाटकघरहरु छन् । निजी क्षेत्रले गरेको यो कामलाई म ‘प्याराडाइम सिफ्ट’ नै भन्छु । केही भारतीय साथीहरुले मलाई भनेका थिए तपाईहरुसँग त आफ्नै नाटकघर छ है ? हामी भोकभोकै बसेर नाटकघर बनाएका हौं । यसको लागि कति मेहनत भयो होला । अबका पुस्ताले पनि यत्तिकै मेहनत गर्नुपर्यो । ्हामी यो क्षेत्रमा आउँदा रेलले छोडेका यात्रुजस्ता थियौं । कता जाने, के गर्ने, के हुने हो केही ठेगान थिएन । तर, हामी हाम्रो गन्तब्यमा लागिरह्यौं । भोको पेटमा हिमाल पनि सुन्दर दैख्दैन भन्छन् नि । सुन्दर देख्नको लागि सन्तुष्टिको पनि आवश्यकता पर्छ । सन्तुष्टि आफूलाई मन पर्ने काम गरेको खण्डमा मिल्छ । नयाँ पुस्ता भोकै बस्नुपर्छ भन्ने होइन तर, मेहनत त चाहियो । मलाई मेरो बुबाले मेरो छोराले पेन्टिङ गरेको भए महान् कलाकार बन्थ्यो भन्नु भएको छ । तर, मैले पनि त थियट पेन्टिङ गरिरहेको छु ।
केही समयअघि हामीले ‘हामी काम नपाएर, परिक्षामा फेल भएर रंगमञ्च छिरेका होइनौं’ भनेर घोषणापत्र बनाएका थियौं ।
पशुपतिः अहिले नाटक क्षेत्रमा ह्वारह्वार्ती मान्छेहरु आइरहेका छन् । मान्छेहरु आएको अनुपातमा अवसरहरु पनि धेरै छन् । यो अवसरले मात्तिएका त छैनन् ?
अनुपः अवसरले चुनौति पनि थपेको छ । संसारमा बच्ने भनेको राम्रा काम हो । तपाईले पाएको स्पेसलाई लिएर कति सिरियस हुनुहुन्छ भन्ने कुरा पनि हो । कुनै संस्थामा जोडिने हो भने त्यो संस्थाको मर्म बुझ्नुहोस् । हामी त्यहाँ गएर निजी जीवन खोज्नु हुँदैन । हामी कम्युनमा विश्वास गर्नुपर्छ । नाटक सामूहिक काम हो ।
पशुपतिः नयाँ पुस्ताले गरेको केही नाटकको बारेमा नकारात्मक टिप्पणी आएका छन् । त्यस्तै थियटर खत्तम भो भन्ने कुरा आइरहेको छ नि ? तपाईलाई कस्तो लाग्छ ?
अनुपः मैले पनि नराम्रो नाटक गरे होला, अब गर्छु होला । सबैले सँधै राम्रो काम गर्छन् भन्ने होइन । कलाकारले नाटकपछि दर्शकको माया खोज्न आउने होइन । आफ्नो कस्ट्युमलाई माया गर्नुपर्छ । नाटक गर्न काममा तथा सोचमा सिरियसनेस आउनु आवश्यक छ ।
पछिल्लो समय केही राम्रा काम भएका छन् भने केही नराम्रा पनि । पहिला महिला कलाकारहरुको अभाव थियो । अहिले त्यो स्थिति छैन । महिलाहरु मञ्चमा आएका छन् । त्यो हाम्रो उपलब्धि हो । लागी गर्न छोड्नु हुन्न तर, यसलाई व्यक्तिगत रुपले लिनु भने हुन्न । राम्रो काम गरे तपाईको रोल सुरक्षित हुन्छ । कतै खोज्न जानु पर्दैन ।
पशुपतिः अहिले नेपाली नाटक छैन त्यही भएर विदेशी नाटकलाई अनुवाद गर्ने प्रचलन छ भन्छन् नि तपाईको समय कस्तो थियो ?
अनुपः मलाई नाटकको ओझले छुन्छ । पहिला हामीलाई राम्रा कृतिहरु छुन डर लाग्थ्यो । जब म एनएसडी गएँ सेक्सपियरको नाटक पनि परिमार्जन गरेको देखे । त्यसपछि मलाई आँट आएको हो । जति नेपाली नाटक लेखिएको छ त्यसमा फर्म, कन्टेन्ट केही पनि पाउँदिन । म ए नएसडीमा अभिनेताको कोर्ष गरेको हुँ । तर, नेपालमा आएपछि निर्देशक बने । मैले गरेको विदेशी नाटकलाई दर्शकले मन पराए । नेपालीले त्यती चर्चा पाएन । हामीलाई राम्रो नभए पनि नेपाली नाटक बना भन्नेहरु पनि छन् ।
पशुपतिः हामीले गरेका नराम्रो कामलाई तपाईजस्तो अग्रज सरहरुले ठाडै भनिदिन मिल्दैन ?
अनुपः यो कुरामा सुनिल दाई निकै अघि हुनुहुन्छ । गाइड गर्नु र गाली गर्नु पनि फरक हुन् । त्यसलाई कसरी भन्ने र कसरी बुझ्ने त्यो कुरा महत्वपूर्ण हो । केही मान्छेले सांकेतिक रुपमा पनि कुरा बुझ्छन् । कतिपयलाई सिधै भन्ने गरेका छौं । गाली गर्दा उसलाई हर्ट हुनु भएन ।
पशुपतिः तपाईलाई इमान्दार उत्तरको अपेक्षसहितको प्रश्न गर्छु, नयाँ पुस्तामा क–कसले राम्रा काम गरिरहेका छन् ?
अनुपः विमल सुवेदीले गरेको काम मालिनी मलाई मन परेको थियो । एक्टिङमा भने अलि समस्या थियो, सेट पनि उत्तिकै राम्रो थियो । राजन खतिवडाको सुनकेशरी । अरु पनि राम्रा नाटकहरु बनेका छन् । राम्रो काम गर्नेहरु छन् ।
मलाई के लाग्छ भने नाटक समाजसँग जोडिनुपर्छ । मैले केही कलाकारहरुलाई देखेको छु जसले कठिन मेहनत गरेका छन् । कलाकाहरुले धेरैभन्दा धेरै पढुनुपर्यो । पत्रपत्रिकाको समाचारबाट अलग भएकै राम्रो । ताली र गालीलाई छुट्टै राख्छुपर्छ । नाम आएपछि अब मेहनत गर्न परेन भन्ने होइन । कलाकारले आफ्नो हातहतियारलाई पोलिस गरिाख्नुपर्छ ।
पशुपतिः यी सबै पढ्ने स्कुलिङ नभएर हो त ?
अनुपः हो, त्यही भन्न खोजेको हो । आफूलाई एजुकेट गर्नुपर्छ भन्ने हो । तर, सबैकुरा सबैलाई थाहा हुनुपर्छ भन्ने छैन । कसैलाई फ्रेन्च भाषा आउँदैन भने त्यो भाषा नै होइन भन्न मिल्दैन । आफूलाई मन परे भयंकर मन नपरे के हो के भन्ने प्रचलन छ ।
दर्शकप्रश्न: युर्निभर्सल भनेको के हो ? अनुप दाईले थाङ्ला (नाटक) गर्दा भाउजुलाई एक देवरले आमाजस्तो व्यवहार गर्छन् तर, डोल्पातिर भाउजुलाई पोटेन्सियल श्रीमतीको रुपमा लिन्छन् । तपाईले भाउजुलाई आमा भनेको नाटकलाई विदेशमा देखाउँदा त्यो सामाजिक न्यायको विषय बन्दैन नि !
अनुपः हो, उक्त नाटकमा मलाई एक डोल्पाकै भाइले हाम्रो जनजाति किन नदेखाएको भन्नु भएको थियो । म भन्छु राईको रोल बाहुनले गर्ने अवस्थाको आउनु जरुरी छ । आफूले देखाउन चाहेको कुरा देखाउने हो त्यसमा सबैको भाव आउनुपर्छ भन्ने कुरा छैन । भाषा भन्दा पनि अनुभव ठूलो कुरा हो । रसियाका मान्छेले रुँदा र हामी रुँदा पनि त आँशु झर्छ नि । भलै उनीहरु रुमालले आँशु पुच्छलान् हामी हातले । यही हो युनिभर्सल ।
- प्रस्तुतीः सुवास गौली
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता
- 33 minutes ago

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्धलाई बगाउँदा बेपत्ता भएका छन् ।
हल्कादेखि मध्यम वर्षाको सम्भावना
- 1 hour ago

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ
- 1 hour ago

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

एजेन्सी । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् ।