यसरी गरे लण्डनमा अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध हजारौंले प्रदर्शन (फोटोफिचर)

  • शुक्रबार, २९ आषाढ, २०७५
  • 2 years ago
  • युके

लण्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध गर्दै लण्डनसहित बेलायतका कतिपय भागहरुमा प्रदर्शन भएका छन् । 

 

राष्ट्रपति ट्रम्पको बेलायत भ्रमणको दोस्रो दिन शुक्रबार अपरान्ह मध्य लण्डनमा  दशौं हजारले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीमा महिलाहरुको संख्या अत्याधिक देखिएको छ ।

 

प्रदर्शनकारीहरुले सिट्ठी फुक्ने, ड्रम बजाउने गर्दै सांकेतिक विरोधस्वरुप विभिन्न भांडाहरु प्रदर्शन समेत गरेका छन् । प्रदर्शनकारीहरुमध्ये धेरैले राष्ट्रपति ट्रम्पको कठोर इमिग्रेसन नीतिका कारण आफुहरुले विरोध गरेको बताएका छन् । 

 

 यसअघि बिहान मध्य लण्डनस्थित पार्लियामेन्ट स्क्वायरअगाडि हजारौंले प्रदर्शन गरेका थिए । शुक्रबार दिउंसो दशौं हजारले भाग लिने थप प्रदर्शनहरु गर्ने तयारी छ । 

 

राष्ट्रपति ट्रम्पप्रति व्यंग गर्दै मध्य लण्डनमा बेबी ट्रम्प आकृतिको बेलुन उडाइएको छ । 

 

 

विशेषत इमिग्रेसनमा लिएको कठोर नीति र अपमानजनक अभिव्यक्ति, मुस्लिम देशहरुबाट अमेरिका प्रवेशमा लगाइएको रोक, आप्रवासीका बालबालिकालाई डिटेन्सनमा राखेको लगायतका कैयौं विषयमा बेलायतमा ट्रम्पको चर्को विरोध हुंदै आएको छ । 

 

यसअघि विहिबार राष्ट्रपति ट्रम्प लण्डन उत्रिएदेखि नै उनीविरुद्ध प्रदर्शन सुरु भउका थिए । लण्डनको स्टानस्टेड एअरपोर्टमा अवतरण भएलगत्तै हेलिकोप्टर चढेर रमाष्ट्रपति ट्रम्प र पत्नी मेलाइना लण्डनको रिजेन्ट्स पार्कस्थित अमेरिकी राजदूतको निवास पुगेका थिए । भित्र ट्रम्प रिसेप्सनमा सहभागी भइरहदा बाहिर सयौंले प्रदर्शन गरेका थिए । 

 

त्यस्तै सांझ राष्ट्रपति ट्रम्पका लागि एक रिसेप्सन दिइएकोे अक्सफोर्डशायरस्थित ब्लेनहिम प्यालेस अगाडि हजारौंले विरोध प्रदर्शन गरेका थिए । जुन ठाउंमा बेलायतको लिडिङ बिजनेस कम्युनिटीका सदस्यहरुसंग उनले संगै डिनर गरेका थिए ।

 

शुक्रबार सांझ स्कटल्याण्डतर्फ लाग्ने राष्ट्रपति ट्रम्प दम्पतिले यो सप्ताहन्त त्यतै बिताउने बताइएको छ ।  

हेरौ थप फोटोहरु :


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मंगलबार ४ हजार १२७ स्वाब परीक्षण

  • 9 minutes ago
मंगलबार ४ हजार १२७ स्वाब परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार १२७ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा थप ७८ जनामा कोरोना पुष्टि

  • 11 minutes ago
नेपालमा थप ७८ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य

'ओलीलाई नेकपाले मात्र हटाउनसक्छ, अरुले सक्दैनन् '

  • 26 minutes ago
'ओलीलाई नेकपाले मात्र हटाउनसक्छ, अरुले सक्दैनन् '

धनगढी । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले साझा र समृद्ध नेपाल बनाउनलाई सबै मिल्नुपर्ने बताएका छन् ।



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

चिया टिप्दै प्रियंका गान्धी !

चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।