बेलायतमा राष्ट्रपति ट्रम्पको विरोधमा प्रदर्शन

  • शुक्रबार, २९ आषाढ, २०७५
  • 2 years ago
  • युके

लण्डन । अमेरिकी राष्ट्रपतिका रुपमा आफ्नो पहिलो बेलायत भ्रमणका लागि विहिबार लण्डन उत्रिएका राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा बेलायतका विभिन्न क्षेत्रमा प्रदर्शन भएका छन् ।

 

विशेषतः इमिग्रेसनका मामिलामा राष्ट्रपति ट्रम्पले लिएको कठोर नीति र दिने गरेको अपमानजनक अभिव्यक्तिका साथै अमेरिकी राष्ट्रपतिको रुपमा उनको समग्र स्टायण्डको आलोचना गर्दै आएकाहरुले यसअघि अपेक्षा गरिएअनुसार नै विरोध गरेका हुन् । 

 

अहिले सांझ राष्ट्रपति ट्रम्पका लागि एक रिसेप्सन आयोजना हुने अक्सफोर्डशायरस्थित ब्लेनहिम प्यालेस अगाडि हजारौंले विरोध प्रदर्शन गरेका छन् । जुन ठाउंमा बेलायतको लिडिङ बिजनेस कम्युनिटीका सदस्यहरुसंग उनले संगै डिनर गर्ने कार्यक्रम छ ।

 

ब्लेनहिम प्यालेसको रिसेप्सनमा जाने तयारीमा राष्ट्रपति ट्रम्प दम्पति 

 

यसअघि दिउंसो लण्डनको स्टानस्टेड एअरपोर्टमा अवतरण भएलगत्तै हेलिकोप्टर चढेर राष्ट्रपति ट्रम्प र पत्नी मेलाइना लण्डनको रिजेन्ट्स पार्कस्थित अमेरिकी राजदूतको निवास पुगेका थिए । भित्र ट्रम्प रिसेप्सनमा सहभागी भइरहदा बाहिर सयौंले प्रदर्शन गरेका थिए । 

 

राष्ट्रपति ट्रम्पका आलोचकहरुले बेलायतका अन्य दर्जनौं स्थानमा पनि छुट्टछुट्टै समुहमा प्रदर्शन गरिरहेको बताइएको छ । ट्रम्पको विरोधमा शुक्रबार सेन्ट्रल लण्डनमा हुने प्रदर्शनमा कम्तीमा ६० हजार जनाले भाग लिने अनुमान गरिएको छ । 

 

यउसअघि सन् २०१६ को सुरुदेखि नै बेलायत आउने तयारी गरेका राष्ट्रपति ट्रम्पको विरोधमा बेलायतभित्र चर्को आलोचना र विरोध भएपछि अहिलेसम्म उनको भ्रमण स्थगित हुंदै आएको थियो । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी

  • 1 hour ago
सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी

एजेन्सी । हरेक मानिसको आ–आफ्नो जीवनशैली हुन्छ । बलिउडमा काम गर्ने सेलिब्रिटीहरुको पनि केही आश्चर्य लाग्दा बानीहरु रहेका छन् ।

नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

  • 1 hour ago
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । बालुवाटारमा ओली समुहको स्थायी कमिटी बैठक बोलाइएको थियो ।

ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु

  • 1 hour ago
ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु

बुटवल । जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।