पर्यटन व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा थापा

Norvic Hospital

काठमाडौँ । पर्यटन व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा अञ्जन थापा (कुमार) चयन भएका छन् । 

 

सङ्गठनको बिहीबार साँझ सम्पन्न प्रथम भेलाले थापाको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । 

 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता मुकुन्द न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले उपाध्यक्षमा वीरेन्द्र अधिकारी, दामोदर ढकाल, गणेश रिमाल, अर्जुनलाल प्रधान, हरिभक्त श्रेष्ठ, धनबहादुर गुरुङ, तेञ्जिङ शेर्पा र रामकृष्ण तिमल्सिना चयन भएका छन् । महासचिवमा बद्रीप्रसाद तिमल्सिना चयन भएका छन् । 

 

यस्तै, उपमहासचिवमा नवराज गौली र केशव धिताल, सचिवमा सुमन न्यौपाने, प्रदीप पण्डित, विष्णु बराकोटी, अच्युत गुरुङ, तिलक लोहनी र उत्तम कार्की चयन भएका छन् । कोषाध्यक्षमा नवराज थापा र सहकोषाध्यक्षमा सुनिल सिलवाल निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी) निकट पर्यटन व्यवसायीको छाता सङ्गठनका रुपमा रहेको सो  सङ्गठनको भेलाले ५५ सदस्यसमेत चयन गरेको छ । 

 

कार्यक्रममा नेता न्यौपानेले कोरोना महामारीका कारण तहसनहस भएको पर्यटनलाई पुनःउत्थान गर्नका लागि नयाँ गठन भएको सङ्गठनले महत्वपूर्ण भूमिका खेल्ने बताए । पर्यटन क्षेत्रको विकासले देशको विकासमा टेवा पु¥याउने उनको भनाइ थियो । 

 

नवनियुक्त अध्यक्ष थापाले पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि व्यवसायी सङ्गसङ्गै सरकारको पनि महत्वपूर्ण भूमिका रहेको बताए । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुर्घटनामा दुई जनाको मृत्यु

  • 47 seconds ago
दुर्घटनामा दुई जनाको मृत्यु

हेटाौंडा । हेटौंडा कुलेखानी काठमाडौँ सडक खण्ड अन्तरगत इन्द्रसरोबर गाउपालिका वडा न २ लामिबगरमा शनिबार दिउँसो करिब ३ः ३० बजे काठमाडौबाट वीरगञ्ज जाँदै गरेको ना १ ज ४५११ न को सुमो जीप अनियन्त्रित भई दुर्

साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

  • 7 hours ago
साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा नेपाललाई ३-० गोलले हराउँदै भारत आठौं पटक च्याम्पियन बनेको हो ।

साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

  • 8 hours ago
साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।