'रिसाउन पटक्कै मन छैन'

Norvic Hospital

 

साथीहरुको लहैलहैमा लागेर विकेन्डमा करिब ११ बजे राति म एउटा ट्रेन प्लेटफर्ममा छु । आठ घण्टा काम गरेर बेस्सरी थाकेको शरीरले अघि नै देखि निहुँ खोजिरहेको छ । मलाई बिलखबन्दमा पार्ने मेरी हितैषी साथी उसको कोठानेर फुत्रुक्क झरिसकेकी छे । ऊसँगको आधा घन्टाको साथको लागि बाँकी एक घण्टा म एक्लै हुने निश्चित भयो, त्यो पनि ‘आप्mटर वोर्क’ । ‘विकेन्ड’, जड्याँहाहरु बग्रेल्ती भेटिने रात !

 

रिसाउन पटक्कै मन छैन । “आ ! होस् !! गुनासो गर्दिनँ”, सोच्छु र आइफोनमा फेसबुक खोल्छु । अघिसम्म घरिघरि हेरुँहेरुँ लाग्ने आफ्नै तस्बिर पनि कति नराम्रो लागेको ! लाइक्स र कमेन्ट गर्ने सबैका आँखा के भएका हुन् ? होम पेजमा पनि कति धेरै क्याथार्सिस हो ? 

 

त्यही साथीलाई फोन गरेर आफ्नो दुर्गति सुनाउँछु ­ “कहिलेकाही त्यस्तो भैहाल्छ  नि, ह्या छोडी दे !” ­ ऊ सम्झाउन  खोज्छे ।

 

म रोई नै हाल्छु ! जत्तिकै गरी उसले समाधान गर्ने नसक्ने समस्यालाई तन्काइरहन्छु । 

 

“आऽऽ तँ ध्यान गर्ने मान्छे । ध्यान गर्ने मान्छे भएर रिसाउन पाइन्छ ?” ऊ मलाई भुतुक्क पार्ने झटारो हान्छे । 

 

त्यत्तिखेरै मेरो छेउनिरै टहलिरहेका किशोर किशोरीहरुले पिएको सिग्रेटको धुवाँ मेरो नाकमा हरक्क पस्छ ।

 

उसको झटारोले लल्याकलुलुक  भए पनि चुरोटको दुर्गन्धले मलाई जोस्याउँछ, “एतिखेर, यो गन्धे युनिफर्ममा  म ध्यान गरुम् ? ल भयो ! तँ फोन् राख्  ।”

 

ऊ बेस्सरी हाँस्छे, म फोन काट्छु ।

 

साच्चै ! ध्यान त जतिखेर गरे पनि त भो नि ! वाच फुलनेस अर्थात् साक्षीभाव नै त ध्यान हो !

 

लामो श्वास फेरेर मैले स्वयम् आफैंलाई यो क्षणको लागि जिम्मेवार ठान्छु  । साथीसँग रिस पोख्नु आफ्नै गल्ती भएको महसुस गर्दै अब आइन्दा यस्तो स्थितिमा आफ्नै सुझबुझ प्रयोग गर्ने निर्णय गर्छु  । फोन साइलेन्टमा राखेर आफैंलाई हेर्दै जादाँ कुर्कुच्चानेर पाइन्टमा पहेँलो लागिरहेको रहेछ । अघि एकजना ‘रेजिडेन्ट’लाई खाना खुवाउँदा अलिकति झरेको थियो । अहिले त ठ्याक्कै आचीजस्तो देखिएको छ  । उफ ! यस्तो हविगतमा  ध्यान गरुम् ?

 

मेचमा टाउको अड्याएर आँखा चिम्लिन्छु । अघि दिन भरको उखरमाउलो गर्मी अहिले शान्त भइसकेको रहेछ । शिरशिरी चिसो हावाले घरिघरि छुँदा त्यो हावा मेरै लागि चिसो भएको जस्तो लागिरहेको छ । 

 

श्वास–प्रश्वासको एउटा गति कायम भएको छ । रिस, उत्तेजना, आवेग र हर्षको भन्दा एकदमै फरक, स्थिर  र शान्त । 

 

मेरो जुत्तामा केहीले छोइरहेको छ, ढुकुर मुकुर ढुकुर मुकुर आवाजले छुन्छ । केही परेवाहरु छेउछाउमा बडो शानले ढलकमलक गरिरहेका छन् । मनमा लाग्यो­ ब्यागमा केही भएको भए खान दिन हुन्थ्यो र एक छिन जिस्किन पाइन्थ्यो । प्लेटफर्मको अर्को छेउबाट अँगालोमा जोडिएर आइरहेको किशोरकिशोरीको जोडीले ती परेवालाई कुल्चिउँला जसरी गरेर गए । यी परेवाहरु हाम्रो घरका परेवा जत्तिकै थेत्तरा रहेछन् । ती किशोर किशोरीलाई वेवास्ता गर्दै उनीहरु ताउरमाउरमा व्यस्त छन् । परेवाले जस्तै आफूसँग असम्बन्धित कुराहरुलाई ‘बालै नदिएर’ जिउन पाए !

 

हाम्रो घरका परेवाहरु दलिनमा बसिरहन्थे । गहुँ, जौ र कनिका जति नै खुवाए पनि कुन्नि केको बदला लिएजस्ता, हामी दलिनमुनि पुग्दा ती टाउकोमा बिस्ट्याइदिन्थे । टाउकोमा एकाएक तातो महशुश हुन्थ्यो र छाम्दा साह्रै गन्हाउँथ्यो । परेवाको सात पुस्तालाई जति नै गाली गरे पनि कुनै परेवा न मर्थे, न घर छोडेर जान्थे । बरु आप्mनो सन्तान बिस्तार गर्दै दलिन र बुइँगल कब्जा गरिरहन्थे ।

 

ढुकुरमुकुर परेवाले ‘अहिले’बाट मलाई ‘अस्ति नै’मा पु¥याइदिन्छन् । अहिले यो क्षणमा म जिउन चाहन्छु । विगत र भविष्यबाट मुक्त हुन चाहन्छु । दिमागमा झिलिक्क हुन्छ । परेवाको ढलकमलकमा मादलको समला बज्न थाल्छ । आहा कति मिठो !!!!

 

आधा घण्टा बिती नै हाल्यो । समय कहीँ रोकिन्छ र ? म ट्रेन भित्र बसिसकेकी छु । 

 

दिस टू श्याल पास­ ओशोको अमृत वचन मूलमन्त्र भएको छ । 

 

हरेक मुस्किलहरुमा यो मन्त्रले ठूलो काम गरेको छ­ दिस टू श्याल पास ।

 

साँच्चै नै कुनै पनि खुशीको क्षण वा दुःखको पल स्थायी भएर रहँदैन । परिवर्तन भैरहन्छ । मात्र त्यो समयमा हामीले आफूलाई कत्तिको धैर्यवान राख्छौँ, त्यसमा भर पर्छ ।

 

प्रसङ्ग रिसको छ । ध्यान गर्ने मान्छे भएर रिसाउन पाइन्छ ? अञ्जानमै उसले मलाइ मिठो झापड हानेकी छे । त्यसो  त यस्तो झापड खाएको पहिलोपल्ट कहाँ हो र ?

 

रिस एउटा अवस्था हो मेरो बुझाइमा । जब हाम्रो मस्तिष्क र मनले ठीक नठानेको कुरामा सबै शक्ति केन्द्रित हुन्छ, उत्पन्न हुने आवेग नै रिस हो ।

 

रिसको सुरमा मैले क्विन साइजको बेडलाई एक्लै उचालेर सारेकी छु । एकदमै ठूलो भारी जुरुक्कै बोकेकी छु । सम्झिने हो भने हामी सबैले रिसको झोँकमा कहिल्यै सामान्यतया गर्न नसकिने कुराहरु गरेको हुनुपर्छ । 

 

अतः मेरो विचारमा रिस आवेग हो । नकारात्मक पक्षमा सम्पूर्ण शक्ति केन्द्रित भएको  अवस्था हो ।

 

ध्यान नियमित रुपमा गरिरहदा त्यो शक्तिलाई हामीले रुपान्तरण गर्न सक्छौँ । वास्तवमा हामीले उत्पादन गरिरहने हरेक शक्ति ध्यानमा केन्द्रित ग¥यौँ भने सकारात्मक शक्तिमा रुपान्तरण हुन सक्छ  । स्मरण रहोस्, शक्तिको सामान्य वैज्ञानिक नियमअनुसार पनि शक्ति कहिल्यै नष्ट हुँदैन, रुपान्तरण भै रहन्छ  ।

 

ओशोले रिसबाट उत्पन्न हुने शक्तिलाई सिर्जनात्मकतामा लगाउन सुझाव दिनु भएको छ । 

 

ध्यान गर्ने विधि हुन्छ । यत्तिकै आँखा चिम्लिदैमा वा श्वास हेर्दैमा ध्यान हुँदैन । यसका पनि केही सरल  तर अत्यावश्यक नियमहरु छन् । शुरुका दिनहरुमा ती नियमहरु पालना गर्नु पर्ने हुन्छ । ध्यानका विधिहरु निष्ठापूर्वक पालना गर्दै जाँदा मात्र बिस्तारै बानी पर्दै गइन्छ र सकारात्मक परिवर्तनहरु देखिन थाल्छन् ।

 

ध्यान गर्न शुरु गर्ने बित्तिकै अथवा केही महिना वा वर्षमा मान्छे बुद्ध हुन सक्दैन । मान्छेका प्राकृतिक स्वभावहरू रही नै रहन्छन् । शरीर र मन भन्दा पर पुग्न नित्य साधनाको जरुरत पर्छ । त्यही साधनाको पहिलो, दोश्रो हुँदै अन्तिम खुड्किलो ध्यान हो ।

 

रिस उठेको बेला मान्छेले कि तुरुन्त प्रतिक्रिया दिन्छ वा मौन भएर बसिरहन्छ ।

 

मेरो विचारमा रिस उठेको बेला तुरुन्त प्रतिक्रिया दिनु वा मौन बस्नु दुवै तरिका गलत हो । तुरुन्तै प्रतिक्रिया दिँदा हाम्रो अत्याधिक शक्तिले हामीलाई पक्का क्राेधी बनाइदिन्छ । चूप लागेर बस्यौँ भने उत्पन्न भएको शक्ति गुम्सिरहन्छ र बेला न कुबेला विष्फोट हुने खतरा हुन्छ । बरु श्वासलाई नियन्त्रण गर्दै सामान्य तरिकाले असहमति जारी ग¥यौँ भने रिसको शक्ति ‘रिलिज’ पनि हुन्छ, समस्या समाधान पनि हुन्छ ।

 

त्यसबाहेक, ओशोले प्रतिपादन गरेको ध्यान विधिमा एउटा चरणमा ती सम्पूर्ण आवेगहरू निकाल्ने चरण पनि हुन्छ, जुन चरणको प्रयोगपछि हाम्रा आवेगहरू ध्यानमै  निस्किन्छन् र ध्यानमै सकिन्छन् । ध्यान सकेर उठेपछि मान्छे ती आवेगहरुबाट धेरै हदसम्म मुक्त हुन्छ ।

 

ध्यानको अन्तिम गन्तव्य मोक्ष हो । तथापि मोक्ष प्राप्तिको महायात्रामा पाइला बढाउदै जाँदा मानवीय जीवनका रिस, लोभ, मोह आदि जस्ता कुराहरु व्यवस्थित र न्यूनीकरण हुँदै जान्छन् ।

 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले महाधिवेशनको बन्दसत्र (फोटोफिचर)

  • 3 hours ago
एमाले महाधिवेशनको बन्दसत्र (फोटोफिचर)

भरतपुर । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनको सौराहामा आज शुरु भएको बन्दसत्रमा भारत, चीनलगायत विभिन्न पार्टीका तर्फबाट महाधिवेशन सफलताको कामना व्यक्त गरिएको छ ।

भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

  • 3 hours ago
भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

भैरहवा । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनालसहित उह

माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन भइसक्ने

  • 3 hours ago
माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन भइसक्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पालिकास्तरीय अधिवेशन देशैभर सम्पन्न भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज श्रव्यदृश्यका माध्यमबाट एकैपटक देशैभरका पालिकाको अधिवेशनको उद्घाटन गरे



पर्यटन

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

चितवन । कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले चलायमान बनाएको छ । यससँगै आउँदा दिनमा यहाँको पर्यटन व्यवसायका लागि महाधिवेशन फलदायी हुने देखिएको छ ।

जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।