एन्फा कार्यसमिति बैठक बस्दै

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • बिहीबार, २६ साउन, २०७९
  • 1 month ago
  • खेल

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक आज बस्दैछ । दुई पटक स्थगित भइसकेको बैठक सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजे सुरु हुनेछ।

 

यसअघि समेत बैठक दुई पटक बोलाएर बस्न सकेको छैन। २ साउनमा बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो। यस्तै, ५ साउनमा बसेको बैठक पनि स्थगित भएको थियो। पछिल्लो समय पदाधिकारी भागबन्डा नमिल्दा बैठक स्थगित हुँदै आएको छ।

 

बैठकमा चार एजेण्डा थप गिरिएको छ। यसबारे सम्बन्धित कार्यसमितिका पदाधिकारीहरूलाई पत्राचार गरी जानकारी गराइएको पनि एन्फाले जनाएको छ।थपिएका चार एजेण्डाहरुमा पुरस्कार राशी सम्बन्धी,महिला नकआउट फुटबल प्रतियोगिता सम्बन्धी, ग्रास रुट तथा महिला फुटबल एकेडेमी सञ्चालन सम्बन्धी र फिफा डे मा राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल सम्बन्धी विषय सूचीमा थप गरिएका हुन् । 

 

त्यसबाहेक बैठकमा नेपाल सुपर लिग (एनएसल), ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग, एन्फाको सिइओ नियुक्ति लगायतका केही महत्त्वपूर्ण विषयमा पनि छलफल हुने सम्भावना छ। एन्फाले बैठक सातदोबाटोस्थित मुख्यालयमा बिहान १० बजे सुरु हुने जनाएको छ। यसअघि बोलाइएको बैठक दुई पटक स्थगित भइसकेको छ।   

 

यसअघि २ साउनमा बोलाइएको बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि स्थगित भएको थियो। पहिलो पटक स्थगित भएको तीन दिनपछि ५ साउनमा बोलाइएको अर्को बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको थियो। 

 

८ असारमा एजेण्डाबिना बोलाइएको पहिलो बैठकले विवादास्पद रूपमा केही महत्त्वपूर्ण निर्णय गरेपछि आलोचनाको चौतर्फी घेराभित्र परेको एन्फा कार्यसमितिको अर्को बैठक बस्न सकेको छैन।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

  • 7 hours ago
दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

काठमाडौँ । वडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । वडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्

बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

  • 7 hours ago
बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन् । उनले यहाँको सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु हनन् भएका र सर

बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

  • 7 hours ago
बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

पोखरा । पोखराको प्रसिद्ध धार्मिक शक्तिपीठ बिन्धबासिनी मन्दिरमा सप्तमीको दिन आइतबार भक्तजन घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा/रासस



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

कसरी स्वादिलो भुटन बनाउने ?

कसरी स्वादिलो  भुटन बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

एजेन्सी । गुजरातको आगामी विधानसभा चुनावमा आम आदमी पार्टी मैदानमा उत्रने तयारीमा छ । यसै क्रममा दिल्लीका मुख्यमन्त्री तथा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले राज्यका विभिन्न भागमा लगातार भ्रमण गरिरहेका छन् ।