रहेनन् वरिष्ठ प्रगतिवादी साहित्यकार भट्ट

काठमाडौं । वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ । गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थनमा बस्दै आएका उनको आज बिहान निधन भएको हो ।

 

लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उनका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित  छन्  । उनका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’  लागायत  कृति लोकप्रिय  छन् ।

 

विसं १९९३ मा जुम्लामा जन्मिएका भएका उनी प्रगतिशील लेखक सङ्घ र प्रगतिशील प्राध्यापक सङ्घका पूर्वअध्यक्षसमेत थिए । उनको  शव श्रद्धाञ्जलिका लागि पशुपति आर्यघाटमा राखिने र अन्त्येष्टि गरिने प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीले जानकारी दिए । भट्टका श्रीमती र दुई छोरा छन् ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

  • 10 minutes ago
एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौ । नेकपा एमाले स्थायी कमिटी बैठक आज (सोमबार) पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान, राजनीतिक

कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

  • 19 minutes ago
कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

झापा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत चयन भएका छन् । पन्ध्र पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका

इन्द्रदहमा मेला

  • 1 hour ago
इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दह



पर्यटन

इन्द्रदहमा मेला

इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।

जीवनशैली

दादबाट यसरी जोगिनुपर्छ

दादबाट यसरी जोगिनुपर्छ

आम मानिसले छालामा आउने सबै खाले एलर्जीलाई दाद भन्ने गर्छन् । तर, दाद दुई किसिमको हुने गर्छ । चिलाउने दाद (एग्जिमा) र फंगल इनफेक्शन ।