अमेरिका उच्च अध्ययन गर्न आएकी नेपाली चेली नौसेनाकी कमान्डर पदमा बढुवा

उक्त-पदमा-पुग्ने-सम्भवत-पहिलो-नेपाली

  • शनिबार, २६ भदौ, २०७८
  • 2 weeks ago
  • नेपाल

विजय थापा । अमेरिका उच्च अध्ययन गर्न आएकी काठमाडौँ महाराजगंजकी नेपाली चेली जतन केसी बास्तोला नौसेनाकी कमान्डर पदमा बढुवा भएकी छिन् । अमेरिकामा आई जलसेनाको उक्त पदमा पुग्ने नेपाली छोरी केसी बास्तोला सम्भवत पहिलो नेपाली हुन् ।

 

बास्तोला अमेरिकी सेना तथा नौसेना मै कमान्डर पद अर्थात् उक्त दर्जामा पुग्ने पहिलो नेपाली हुने अवसर पाएकी छिन् । त्यसमा पनि नेपाली महिला ।

 

उनको पदोन्नति गत सेप्टेम्बर १ ,२०२१ देखि भएको हो  । उनलाई कमान्डर बोर्ड (समिति)ले छनौट गरे पछि बढुवा भएको उनले बताइन् । सन् १९९५ मा अमेरिका उच्च अध्ययनको लागि आएकी बास्तोला सुरुमा हवाई त्यसपछि हवाईबाट भर्जिनिया राज्यमा आएकी हुन् ।

 

उनि जलसेनामा भएकोले उनको काम समुन्द्रमा पर्दछ भने त्यसमा पनि ठूला ठूला पानी जहाजमा जानु पर्ने हुन्छ । अहिले सम्म उनले ३ वटा जहाजहरुमा काम गरि सकेकी छिन भने तिनीहरुमा युएसएस चेफी,युएसएस हेरी एस ट्रुम्यान रहेका छन् । हाल उनि युएसएस वास्पमा सहायक आपूर्ति अधिकारीको रुपमा कार्यरत छिन् ।

उनको अन्य मुख्य काम भनेको वित्तीय तथा लजिस्टिक (संभारिकी) आपूर्ति गर्नु लगायत पर्दछ । उनि सन् २००६ देखि नौसेनामा भर्ना भएकी हुन् ।

 

सन् २००४ मा अमेरिकी नागरिकता लिएकी बास्तोलाले सन् २०१५ मा कबुलियत व्यवस्थापनमा स्नातकोत्तर गरेकी छिन् ।  

 

उनले नौसेना र समुद्रीसेनामा राम्रो कार्य गरे वापत उनको योगदानको कदर गर्दै विभिन्न प्रशंसा पुरस्कार लगायत अन्य धेरै व्यक्तिगत पुरस्कारहरू प्राप्त गरेकी छिन्  ।

 

उनी हाल सेसापिक भर्जिनियामा श्रीमान् र आमासंग बस्छिन्। 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटियाे

  • 1 minute ago
कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटियाे

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय (त्रिवि) जैविक प्रविधि केन्द्रीय

महालक्ष्मीको १६ दिने व्रत समापन गरिँदै

  • 19 minutes ago
महालक्ष्मीको १६ दिने व्रत समापन गरिँदै

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिन लामो महालक्ष्मी व्रत आज समापन गर्दै छन् ।

सर्लाही जिप्रकाबाट एकै दिनमा नागरिकता

  • 22 minutes ago
सर्लाही जिप्रकाबाट एकै दिनमा नागरिकता

सर्लाही । जिल्ला प्रशासन कार्यालयले चालु आवको दुई महिनामा छ हजार २३९ जनालाई नागरिकताको प्रमाणपत्र दिएको छ । भरखरै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले कर्माचारीको अभावमा पनि नागर



पर्यटन

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

कास्की । पोखरामा मौसम खुलेसँगै हिमालहरुको दृश्य लोभलाग्दो देखिएको छ । पोखराबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे , धौलागिरी, हिमचुली लगायतका हिमालका कारण पोखरा विश्व पर्यटन बजारमा प्रख्यात छ।

जीवनशैली

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । तुलसीको बिरुवा हिन्दु धर्ममा सम्मानित मानिन्छ। तुलसी बिरुवा वास्तु दोषहरुको नाशक मानिन्छ। वास्तु शास्त्रका अनुसार तुलसीको बिरुवाले घरमा सकारात्मक उर्जा उत्पादन गर्दछ र नकारात्मक उर्जा नष्ट गर्दछ। तुलसीको विरुवालाई दैनिक बिहान पानी दिएर, धेरै प्रकारका वास्तु दोषहरुलाई हटाइन्छ। तुलसी विष्णु पूजामा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ।

विचित्र विश्व

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

एजेन्सी । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।