क्रियटिभ नेपाल युथ अर्गनाइजेसन सन फ़्रान्सिस्को क्यालिफ़ोर्नियामा नयाँ नेतृत्वमा पुण्य कार्की बने अध्यक्ष

Norvic Hospital
  • सोमबार, २५ असोज, २०७८
  • 5 days ago
  • युके

डिसी । क्रियटिभ नेपाल युथ  अर्गनाइजेशनको चौथो साधारण सभाले नया कार्यसमितीको निर्विरोध चयन गरेको छ । गत शनिबार सन फ़्रान्सिस्कोमा सम्पन्न संस्थाको अधिवेशनले समाजसेवी पुण्य कार्कीक़ो अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

 

संस्थाको स्थापना काल देखी कार्की यस अघि संस्थाको सचिब, महासचिब  र उपाध्यक्ष लगायतका पदमा रहेर काम गरिसकेका व्यक्ति हुन ।

 

नवनिर्वाचित कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा पुस्कर रेग्मी, उपाध्यक्षमा प्रतिमा दुलाल , महासचिवमा गणेश शर्मा, सह सचिवमा दिपेश पाण्डे ,कोषाध्यक्षमा बिनय दाहाल  तथा सह कोषाध्यक्ष तानिया आचार्य निर्वाचित भएका छन् ।

 

साथै संचालक समिति सदस्यहरुमा मा धुर्व बश्याल ,सन्देश शिवाकोटी,सबिन प्रधान,रवि श्रेष्ठ ,बसन्त दाहाल ,दिलिप ढकाल मनि पौडेल तथा राहुल साह चयन भएका छन ।

 

त्यसैगरी संस्थाको सल्लाहकारहरुमा ईश्वर सिटौला र नुरेन बराल रहेका छन् । निर्वाचन समितिका संयोजक धर्मेन्द्र पराजुलीले सर्वसम्मत कार्यसमितीको घोषणा गरेका थिए ।

 

अधिवेशन कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष शशि प्रसाई र प्रमुख अतिथीमा नेपाली एशोसियसन अफ नर्थन क्यालिफोर्नियाका सभापति ईश्वर सिटौला, मनीष पौडेल, उत्तम कार्की, नुरेन बराल, तेज लिम्बू, प्रेतेश कार्की तथा सुबाश थापा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

  • 6 hours ago
साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा नेपाललाई ३-० गोलले हराउँदै भारत आठौं पटक च्याम्पियन बनेको हो ।

साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

  • 7 hours ago
साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

  • 7 hours ago
साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।