डा. विष्णुमाया परियार न्यूजर्सीको जर्सी सिटी शहरको रोजगारी र तालिम समितिको सदस्यमा नियुक्त

डिसी । अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरको नगर प्रमुख स्टिभन फुलपको डाईभर्सिटी र ईन्क्लुसिव बोर्ड (विविधता तथा समावेशी संचालक समिति) कि पूर्व सल्लाहकार,सामाजिक अभियन्ता डा. विष्णुमाया परियार(मानार्थ बिद्या वारिधि) जर्सी सिटी शहरको रोजगारी र तालिम समितिको सदस्यमा सन् २०२१ २०२४ कार्यकालको लागि नियुक्त भएकी छिन्।

 

जर्सी सिटी शहरको सिस्टर सिटीको लागि ईमिसरी (विशेषदूत) रहेकी डा. परियारको पहलमा सन् २०१९ मा जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिकाबिच भगिनी सम्बन्ध (सिस्टर सिटी )कायम गरिएको छ भने सन् २०१७ मा उनकै नेतृत्वमा जर्सी सिटीको सिटी भवनमा नेपालको झण्डा फहराईएको छ।

 

डा. परियार एनआरएनए आईसिसीको वर्तमान निर्वाचन आयुक्त, ग्लोवल गोर्खा समाजको संरक्षक र एड्वान संस्थाकि संस्थापक अध्यक्ष पनि हुन्।

 

अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच सन् २०१९ को जनवरी २४ तारिख सिस्टर सिटी (भगिनी सम्बन्ध) बनाउन दुई नगर प्रमुख द्वारा आठ बुँदे ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। यी दुई शहर र गाउँपालिकाबिच हुने औपचारिक रूपमा भगिनी सम्बन्ध बनाउन जर्सी सिटी परिषदद्वारा सन् २०१८ को डिसेम्वर १९ तारिख ऐतिहासिक परिषद प्रस्ताव पारित गरिएको थियो।

 

जर्सी सिटी नगर प्रमुख स्टेभन फुलपकी सल्लाहकार तथा दुई शहर बिचकी ईमिसरी (विशेषदूत) को रूपमा नियुक्त डा. विष्णुमाया परियारको पहल र नेतृत्वमा यी दुई शहर बिच भगिनी सम्बन्ध (सिस्टर सिटी) बनाउन सफल भएको हो। अन्य मुलुकको शहरसंग सिस्टर सिटी बन्ने ईन्द्रावती गाउँपालिका विश्वमै नयाँ नेपालको पहिलो गाउँ पालिका हो।

 

यस अघि, जर्सी सिटी शहरद्वारा सन् २०१५ र २०१८ मा परिषद सभापति रोलाण्डो लाभारोको सवल नेतृत्व र डा. परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीहरुको लागि टिपिएस (अस्थायी सुरक्षित दर्जा) परिषद प्रस्ताव पारित गरिएको थियो।

 

अस्थायी सुरक्षित दर्जा (टिपीएस) प्रस्ताव पारित गर्ने जर्सी सिटी (शह) एक मात्र अमेरिकी शहर हो । त्यसैगरी, नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा  सन् २०१७ को जुन ३० तारिख अमेरिकी भूमिमा नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोहसम्पन्न भएको थियो ।

 

सिटी हल भवन भित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकी शहर हो र विश्वमै संम्भवतः पहिलो घटना हो। नेपाली सामाजिक अभियन्ता एवं जर्सी सिटी मेयर फुलपकि सल्लाहकार डा. परियारले झण्डोत्तोलनको लागि पहल गरेकी थिईन् ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना

  • 3 minutes ago
यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना

काठमाडौँ । यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बैंकिङ कसुर मुद्दामा फरार खत्री पक्राउ

  • 12 minutes ago
बैंकिङ कसुर मुद्दामा फरार खत्री पक्राउ

खोटाङ । नेपाल प्रहरीले बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला

  • 18 minutes ago
पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला

दोलखा । दोलखाको बिगु गाउँपालिका–४ लादुकस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला परेको छ ।



पर्यटन

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

कास्की । पोखरामा मौसम खुलेसँगै हिमालहरुको दृश्य लोभलाग्दो देखिएको छ । पोखराबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे , धौलागिरी, हिमचुली लगायतका हिमालका कारण पोखरा विश्व पर्यटन बजारमा प्रख्यात छ।

जीवनशैली

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । तुलसीको बिरुवा हिन्दु धर्ममा सम्मानित मानिन्छ। तुलसी बिरुवा वास्तु दोषहरुको नाशक मानिन्छ। वास्तु शास्त्रका अनुसार तुलसीको बिरुवाले घरमा सकारात्मक उर्जा उत्पादन गर्दछ र नकारात्मक उर्जा नष्ट गर्दछ। तुलसीको विरुवालाई दैनिक बिहान पानी दिएर, धेरै प्रकारका वास्तु दोषहरुलाई हटाइन्छ। तुलसी विष्णु पूजामा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ।

विचित्र विश्व

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

एजेन्सी । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।