विद्यालयमा हतियार राख्न दिन ट्रम्प समक्ष सिफारिस

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
सांकेतिक तस्वीर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको विद्यालयको सुरक्षासम्बन्धी विज्ञहरुको अध्ययन टोलीले विद्यालयका कर्मचारीलाई हातहतियार राख्न दिन सिफारिस गरेको छ । 

 

गत फेबु्रअरीमा पार्कल्याण्ड, फ्लोरिडामा पूर्व विद्यार्थीले गोली प्रहार गरेर १७ जनाको हत्या भएपछि गठन गरिएको टोलीले मङ्गलबार यस्तो सिफारिस गरेको हो । 

 

उक्त सिफारिसमा पूर्व सैनिकहरुलाई गार्डका रुपमा राख्ने तथा ओबामा प्रशासनले ल्याएको हतियार राख्नेसम्बन्धी निर्देशिका खारेज गर्ने सुझाव दिइएको छ । 

 

शिक्षा सचिव बेट्सी डिभोसको नेतृत्वमा गठन भएको समितिले बन्दुक राख्न पाउने उमेरको हद बढाउनुपर्ने मागलाई अस्वीकार गरेको छ । 

 

एक सय ८० पृष्ठ लामो उक्त प्रतिवेदनमा शिक्षकहरुलाई हिंसा नियन्त्रणका लागि तत्काल गर्नु पर्ने र प्रभावकारी कामका बारेमा सिकाउन पनि सिफारिस गरिएको छ । 

 

विद्यालय क्षेत्रमा प्रहरीलाई तत्काल पुग्न सक्ने बनाउने व्यवस्था ग्रामीण क्षेत्रका लागि उपयोगी हुन सक्ने समितिको सिफारिस छ । 

 

समितिको सिफारिसमा बरिष्ठ सुरक्षा अधिकारीहरु र पूर्व प्रहरी उच्च अधिकारीहरुको पनि समर्थन रहेको बताइएको छ । 

 

उनीहरुले पनि यही सिफारिस नै प्रभावकारी र उपयुक्त हुने बताएको समितिका सदस्यहरुले जनाएका छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

खाद्य ऐनको बर्खीलाप गर्नेलाई पाँच वर्ष जेल

  • 1 hour ago
खाद्य ऐनको बर्खीलाप गर्नेलाई पाँच वर्ष जेल

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झाडापखाला तथा अन्य रोगबाट बच्न सडक छेउछाउका खुल्ला स्थानमा बिक्री वितरणमा राखिएका खाना खानबाट जोगिन आम उपभोक्तलाई आग्रह गरेको छ ।

आर्थिक प्रलोभनमा परेर बयान फेर्छन् पीडितहरु

  • 1 hour ago
आर्थिक प्रलोभनमा परेर बयान फेर्छन् पीडितहरु

काठमाडौँ । पछिल्लो समय अदालतसम्म पुगेका मुद्दाका पीडितहरुले बयान फेर्ने गरेको पाइएको छ । वास्तविक पीडितहरुलाई सामाजिक बहिस्कारको समस्या देखाउने र आगामी दिनमा हुन सक्ने आर्थिक सङ्कट देखाउने कारणले अधिक

नेपालमा थप ४० जनामा कोरोना संक्रमण

  • 1 hour ago
नेपालमा थप ४० जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार तीन हजार १० जनामा गरिएको कोरोना परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो एक



पर्यटन

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।