उत्तर अमेरिकाव्यापी कविता प्रतियोगिता सम्पन्न

Norvic Hospital

बोस्टन । एसोशिएसन अफ नेप्लिज इन अमेरिकाको वार्षिकोत्सवका अवसर पारेर शनिबार उत्तर अमेरिकाव्यापी कविता प्रतियोगिता  आयोजना गरिएको छ । 

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , एसोशिएसन अफ नेप्लिज इन अमेरिका र एसोशिएसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिकाको सहकार्यमा आयोजित कविता प्रतियोगितामा नारायण अधिकारीको कविता 'मृत्युपछि बाँच्नेहरू' प्रथम भएको छ । ३७ जना प्रतियोगीको कवितालाई उछिन्दै अधिकारीको कविता सर्वोत्कृष्ट भएको हो ।

 

यसैगरी पदमा लिंखा मगरको 'नदीको रूप' कविताले द्वितीय पुरस्कार प्राप्त गरेको छ  भने युवराज भण्डारीको 'जुनकिरीहरु' कविता तृतीय भएको छ । पुरस्कृत कविहरूलाई क्रमशः ३००, २०० र १०० अमेरिकी डलरको पुरस्कार प्रदान गरिएको छ ।

 

कार्यक्रममा उत्कृष्ट दशमा परेका कविहरू पूर्ण विश्व, कोमल भट्ट, किशनसिंह धामी, लालप्रसाद चौलागाईं, सुशील नेपाल र हरिलाल शर्माले पनि कविता वाचन गरेका थिए ।

 

वरिष्ठ साहित्यकार अशेष मल्लको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अनेसास बोर्ड परिषद सभापति गीता खत्री र एएनए अध्यक्ष विजयराज भट्टराईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा , एएनएका महासचिव डा। चूडामणि खनाल, अनेसासका महासचिव सर्वज्ञ वाग्ले, एएनएका कोषाध्यक्ष डा. उषा शर्मा र एएनएका सदस्य कृष्ण कुशुमले कार्यक्रममाथि प्रकाश पारेका थिए ।

 

अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथि कविहरू तीर्थराज अधिकारी, मोहन सिटौला, मधु माधुर्य, निलम कार्की निहारिका, पदम विश्वकर्मा, राजेन्द्र श्रेष्ठ, राम लामा अविनाशी, विमला निरौला, कृष्ण गिरी, शतिश त्रिपाठी, केशवराज ज्ञवाली, केडी भण्डारी, विराज विकल, डा. चूडामणि खनाल, डा. उषा शर्मालगायतले कविता वाचन गरेका थिए ।

 

शैलेश पोखरेलको प्रविधि संयोजनमा  बिआरटी नेपालले प्रत्यक्ष प्रसारण गरेको उक्त कविता प्रतियोगिताको निर्णायकमा मधु माधुर्य, निलम कार्की निहारिका र सुदीपभद्र खनाल रहेका थिए  । प्रतियोगिताको संयोजन गोवर्द्धन पूजाले  गरेका थिए ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मन्त्री झाँक्री अस्पताल भर्ना

  • 2 minutes ago
मन्त्री झाँक्री अस्पताल भर्ना

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ भई अस्पताल भर्ना भएकी छन्। मौसमी ज्वरोका कारण मन्त्री झाँक्री अस्पताल भर्ना भएकी हुन्। बुधबार राती झाँक्री अस्पताल भर्ना भएको उनको पारिवा

चैतभित्र सबैलाई खोप लगाइसक्नुपर्छः प्रधानमन्त्री देउवा

  • 6 minutes ago
चैतभित्र सबैलाई खोप लगाइसक्नुपर्छः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाइसक्नुपर्ने बताएका छन्। आज बिहीबार भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री देउव

स्पेनको प्रतिनिधिमण्डल काठमाडौँ आइपुग्यो

  • 18 minutes ago
स्पेनको प्रतिनिधिमण्डल काठमाडौँ आइपुग्यो

काठमाडौँ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का र्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज बिहीबार काठमाडौं आइपुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय



पर्यटन

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

जीवनशैली

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

एजेन्सी । तरकारी, सलाददेखि हरेक कुरामा प्याज चाहिन्छ । प्याज काँचै खानुका केही फाइदा पनि छन् । काँचो प्याज सेवन गर्नाले धेरै समस्याबाट मुक्ति पाउन पनि सकिन्छ ।

विचित्र विश्व

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

एजेन्सी । अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाड््य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गरेका छन् ।