भारतकाे राजदूतमा उप्रेतीकाे सम्भावना सकियाे, पार्टीभित्रैकाे दबाबले पछि हटे प्रधानमन्त्री
- शुक्रबार, २५ साउन, २०७५
- 4 years ago
- राजनीति

काठमाडौँ । भारतका लागि राजदूत सिफारिश भएका पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको राजदूत बन्ने सम्भावना सकिएको छ ।
गत असार ३२ गतेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई राजदूतमा सिफारिश गर्ने निर्णय गरेको थियो । निर्णय सार्वजनिक भएसँगै सत्तारुढ दल नेकपाभित्रै उक्त निर्णयको तीव्र विरोध भएको थियो ।
सत्तारुढ दलभित्रैका नेताहरूको दबाबपछि प्रधानमन्त्री केपी ओली उप्रेतीको नामलाई अगाडी नबढाउने निश्कर्षमा पुगेका हुन् । सोही कारण उप्रेतीलाई राजदूत सिफारिश गर्ने मन्त्रिपरिषद्को निर्णयलाई प्रमाणीकरण नगर्न प्रधानमन्त्री ओली मुख्य सचिवलाई निर्देशन दिएपछि भारतको राजदूतमा उप्रेतीको सम्भावना सकिएको हो ।
असार ३२ गतेको मन्त्रिपरिषद्को निर्णय प्रधाशित गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेवसाइटमा राजदूत बारे गरिएको निर्णय राखिएको छैन । बैठकले ६१ वटा निर्णय गरेकोमा ६० वटाको मात्र सूची वेवसाइटमा प्रकाशित गरेको छ ।
प्रधानमन्त्रीको निर्देशनपश्चात् निर्णय प्रमाणीकरण गर्ने बेला उप्रेती र मलेसियाका लागि राजदूत सिफारिश गरिएका उदयराज पाण्डेको नाम हटाइएको हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
हल्कादेखि मध्यम वर्षाको सम्भावना
- 7 minutes ago

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ
- 31 minutes ago

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता
- 57 minutes ago

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

एजेन्सी । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् ।