ब्राजिलको अमेजन वन फँडानी दरमा ११ प्रतिशतले कमी
- शुक्रबार, १६ मंसिर, २०७९
- 1 month ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । ब्राजिलको अमेजनमा सन् २०२१ को अगष्टदेखि सन् २०२२ को जुलाईसम्मको अवधिमा वन फँडानी दर ११.२७ प्रतिशतले घटेको छ ।
नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्च (इन्पे) ले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो १२ महिनामा ११ हजार ५६८ वर्ग किलोमिटर वन विनाश भएको छ भने अघिल्लो १२ महिनामा १३ हजार ३८ वर्ग किलोमिटर वन विनाश भएको थियो ।
वन फँडानी नियन्त्रणका लागि काम गरिरहेको ‘रिमोट सेन्सिङ’ परियोजना प्रोडेसले जारी गरेको वार्षिक प्रतिवेदनमा यो तथ्याङ्क संकलन गरिएको हो । यसलाई वन विनाश मापनका लागि सबैभन्दा सही संयन्त्र मानिन्छ ।
अमेजनको वन फँडानी दर विगत दुई दशक अर्थात् सन् २००४ देखि उच्च विन्दुमा पुगेको थियो । यो अवधिमा अमेजनको २७ हजार ७०० वर्ग किलोमिटर जङ्गल नष्ट भएको छ ।
यो अवधिमा सन् २०१२ मा चार हजार ५०० वर्ग किलोमिटर वन फँडानी भएको थियो भनेसन् २०१५ देखि वन फँडानी दरमा तीव्र बनेको थियो ।
ब्राजिल सरकारले सन् २०३० सम्ममा अवैध वन फँडानी अन्त्य गर्ने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका पछिल्ला संस्करणमा स्थापित लक्ष्यप्रति प्रतिबद्ध रहेको बताएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भारतमा आगलागीमा परी १४ जनाको मृत्यु
- 13 minutes ago

एजेन्सी । भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ ।समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको ज्
नवाजुद्दीन सिद्दिकीमाथि गम्भीर आरोपः पत्नी आलियालाई खाना र सुत्नको लागि ओछ्यान छैन
- 26 minutes ago

बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी र उनकी श्रीमती आलिया सिद्दिकीबीच लामो समयदेखि विवाद छ । विगत केही दिनदेखि यो मुद्दा अदालतमा सुनुवाइ भइरहेको छ ।
पाकिस्तानः सम्भावित ठूलो आतङ्ककारी हमलालाई प्रहरीले असफल तुल्यायो
- 37 minutes ago

एजेन्सी । पाकिस्तानको एक प्रहरी चौकीमा हमला गर्न आएका आतङ्ककारीको प्रयासलाई यहाँको प्रहरीले असफल तुल्याइदिएको बताएका छन् । पेशावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।