अल्डरसटमा नेपाली खेलाडीका डेढ दर्जन टोलीबीच भयो भलिबल भिडन्त
- आइतबार, २७ जेष्ठ, २०७५
- 2 years ago
- युके

अनिल मल्ल, अल्डरसट । अल्डरसट भलिबल क्लबले आयोजना गरेको दोस्रो खुला भलिबल प्रतियोगिता शनिबार अल्डरसटमा सम्पन्न भयो । पुरुष तथा महिला विधामा छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ५ टोलीले भाग लिए ।
पुरुषतर्फ १ आरजिआर को टोली विजेता बन्यो भने रेडिङ उपविजेता बन्यो । विजेता टोलीले नगद १ हजार पाउण्ड र ट्रफीसहित खेलाडीहरुले प्रमाणपत्र र मेडल पाए भने उपविजेता टोलीलाई ६ सय पाउण्ड नगद र ट्रफीसहित खेलाडीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरियो ।
महिलातर्फ अल्डरसट टोली विजेता, विन्चेस्टर उपविजेता र बेजिङस्टोक तेस्रो भए । विजेतालाई ४ सय, उपविजेतालाई २ सय ५० र तेस्रो हुने टोलीलाई १ सय पाउण्डको नगदसहित ट्रफी र खेलाडीहरुलाई प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार पुरुषतर्फ विजेता १ आरजिआरका कृष्ण खत्री तथा महिलातर्फ पनि विजेता अल्डरसटकै एकिना गुरुङले प्राप्त गरे ।
प्रतियोगितामा रेफ्रीको भुमिका पाण्डवखानी समुहका रुद्र राना, स्वीण्डनका बलविक्रम शाही, रेडिङका मोहन कटुवाल र मोनाका पदम पुनले निर्वाह गरेका थिए । जसमध्ये मोनाका पदम पुनलाई उत्कृष्ट रेफ्रीको पुरस्कार प्रदान गरियो ।
प्रतियोगितामा भाग लिन बेलायतका विभिन्न क्षेत्रबाट भलिबल खेलाडीहरु अल्डरसट आइपुगेका थिए ।
अल्डरसट भलिबल क्लबले गत वर्षदेखि बेलायतव्यापी खुला भलिबल प्रतियोगिता आयोजना गर्न सुरु गरेको थियो । क्लबका अध्यक्ष चन्दन गुरुङले प्रतियोगिताको दोस्रो संस्करण सफलतापुर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सहभागी सम्पुर्ण टिम तथा सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मेरियटको झ्यालबाट धरहरा हेर्दै ओली र नेपाल
- 7 minutes ago

काठमाडौँ । नेकपा एमालेको बिबाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल बिच बुधबारबाट संवाद सुरु भएको छ । उनीहरु नक्सालस्थित मेरियट होटलमा बसेर वा
स्वास्थ्य मापदण्ड पालनामा हेल्चेक्र्याइँ
- 11 minutes ago

काठमाडौँ । सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन । आदेशको कार्यान्वयनमा
नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य
- 16 minutes ago

काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालल
पर्यटन
खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।
जीवनशैली
यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।
विचित्र विश्व
च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।