आठ डिआईजीसहित दुई एसएसपीले पाए अवकाश, एआईजीको लागि चर्को प्रतिष्पर्धा

  • शुक्रबार, २९ आषाढ, २०७५
  • 3 years ago
  • नेपाल

काठमाडौँ । नेपाल प्रहरीका ८ डिआईजी र २ एसएसपीले अवकाश पाएका छन्  । प्रहरी नियमावलीमा विद्यमान ३० वर्षे सेवाहदको प्रावधानअनुसार उनीहरुले अनिवार्य अवकाश पाएका हुन् । 

 

अनिवार्य अवकाश पाउने डिआईजीहरुमा उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छविलाल जोशी, ज्ञानविक्रम शाह, शरदचन्द पौडेल, रवीन्द्रप्रसाद शर्मा, प्रेम चन्द र श्याम खड्का रहेका छन् । त्यस्तै एसएसपीद्वय श्याम खत्री र मोहनराज जोशी रहेका छन् । 

 

प्रहरी मुख्यालयको कर्मचारी प्रशासन शाखाको रेकर्डअनुसार उनीहरु २०४५ असार ३० मा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए । 

 

एसएसपी खत्री बहुचर्चित ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्या प्रकरणमा मुछिएर निलम्बनमा परिसकेका छन् । एसएसपी खत्री अदालती आदेशअनुसार हाल सुनसरीको झुम्का कारागारमा थुनामा छन् ।

 

डीआईजी कार्की, खरेल र जोशी एआईजी बढुवाको लागि प्रतिस्पर्धामा रहेका थिए । छोटो समयका लाग उनीहरुलाई एआईजी बनाउनुपर्ने बाध्यता देखेपछि सरकारले बढुवाको प्रक्रिया नै रोकेको हो ।

 

हाल नेपाल प्रहरीमा जनपद समूहतर्फ तीन एआईजीको दरबन्दी रहेको छ । तीन दरबन्दी रहेको एआईजीको ठाउँमा अब पाँच डिआईजीको चर्को प्रतिस्पर्धा हुने पाइएको छ । 

 

तीन एआईजीको लागि डीआईजीहरु पुष्कर कार्की, मनोज न्यौपाने, धिरु बस्न्यात, ठूले राई र सरेशविक्रम शाह चर्को प्रतिस्पर्धामा रहेका छन् । उनीहरु पाँचमध्ये तीन जनाले एआईजी बन्ने सौभाग्य पाउनेछन् । 

 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

  • 15 minutes ago
काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • 47 minutes ago
जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारि

बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

  • 1 hour ago
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाउनको लागि शीर्ष नेताहरुको



पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।