अगानिस्तानमा तालिबान विरुद्धको कारबाहीमा २७ जनाको मृत्यु

  • शुक्रबार, २ साउन, २०७७
  • 2 months ago
  • युके

एजेन्सी । अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार भएको सैनिक कारबाहीमा परी कम्तीमा २७ आतंककारी मारिएका छन् ।अफगान सरकारी सुरक्षाकर्मीहरुले सो कुराको जानकारी दिएका हुन् । उक्त कारबाही यहाँको सरकारी सुरक्षा फौजले गरेको बताइएको छ ।  

 

अफगान विद्रोहीविरुद्ध भएको कारबाहीमा उनीहरु मारिएको प्रान्तीय सरकारका प्रवक्ताले शुक्रबार बिहान जानकारी दिएका छन् । अफगानिस्तानको राष्ट्रिय सैनिक संगठनले दिएको जानकारीअनुसार उक्त प्रान्तको कालाकान्चा भन्ने स्थानमा रहेको एक सैनिक पोष्टमाथि तालिबानले आक्रमण गरेका थिए । 

 

सो आक्रमणमा परी ती सैनिक मारिएको प्राप्त समाचारमा जनाइएको छ । प्रान्तीय राजधानीबाट नजिकको सो क्षेत्रमा रहेका तालिबान आतंककारी समूहलाई लक्षित गर्दै सो कारबाही भएको थियो ।

उक्त सैनिक पोष्टमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि यहाँको सरकारी सेनाले पनि आक्राणका विरुद्धमा कारबाही जारी राखेको थियो ।

 

सो आक्रमण पछि यहाँको सेनाले स्थल र हवाई कारबाही गरेको र त्यसमा परी कम्तीमा २७ जना तालिबान आतंककारी मारिनुका साथै अन्य १६ जना घाइते  पनि भएका जनाइएको छ । 

 

जारी यस कारबाहीका क्रममा सुरक्षा अधिकारीहरुलाई भने कुनै क्षति पुगेको छैन ।  मारिएका र केही घाइते भएका तालिबानबाट ठूलो संख्यामा हतियार पनि बरामद गरिएको समाचारमा उल्लेख छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण

  • 2 minutes ago
गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण

कास्की । गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ८ सय ६३ पुगेको छ ।

रौतहटमा बाघको आक्रमणबाट दुई जना घाइते, एक वेपत्ता

  • 6 minutes ago
रौतहटमा बाघको आक्रमणबाट दुई जना घाइते, एक वेपत्ता

रौतहट । रौतहटमा बाघको आक्रमणबाट २ जना घाइते भएका छन् भने १ जना वेपत्ता भएका छन् । चन्द्रपुर नगरपालिका– ६ चिम्नीटोलमा बाघको आक्रमणबाट दुई जना घाइते भएका हुन् । मंगलबार साँझ घास काट्न जंगल गएको ब

आज वामदेव गौतमविरुद्ध परेको रिटमाथि बहस हुँदै

  • 22 minutes ago
आज वामदेव गौतमविरुद्ध परेको रिटमाथि बहस हुँदै

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिटमाथि आज बहस हुँदैछ । गौतमलाई मन्त्रिपरिषद्ले राष्ट्रिय सभामा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।