पूर्वी अफगानिस्तानमा तीन जना नेटो सैनिक मारिए
- आइतबार, २० साउन, २०७५
- 2 years ago
- अन्तर्राष्ट्रिय

काबुल, अफगानिस्तान । अमेरिकी सेनाले पूर्वी अफगानिस्तानमा आइतबार भएको आत्मघाती आक्रमणमा परी तीन जना नेटो सैनिकको मृत्यु भएको जनाएको छ । आक्रमणमा अमेरिकी सैनिक र दुई जना अफगान सेना घाइते भएका छन् ।
उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) द्वारा जारी विज्ञप्तिमा पूर्वी अफगानिस्तानमा गस्तीमा रहेका सैनिकलाई लक्षित गरिएको जनाइएको छ ।
“अफगानी सेनासँगै गस्तीमा रहेका नेटो सैनिकलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा तीन नेटो सैनिकको मृत्यु भएको छ,” नेटोको विज्ञप्तिमा भनिएको छ ।
काबुलबाट करिब ६० किलोमिटर टाढा रहेको परवान प्रान्तको चारिकार सहरमा स्थानीय समयअनुसार बिहानै ६ बजे उक्त घटना भएको हो । मारिएका सैनिक कुन देशका हुन् भन्ने खुलाइएको छैन ।
अफगानी बिद्रोही समूह तालिबानले विज्ञप्ति प्रकाशन गरी घटनाको जिम्मेबारी लिएको छ ।
अमेरिकी नेतृत्वको नेटो सैन्यले सन् २०१४ मा अफगानिस्तानमा प्रत्यक्ष लडाइँका सम्पूर्ण कार्यक्रम समाप्त गर्नुका साथै ठूलो संख्यामा सैनिक फिर्ता लगेको थियो । तर अझै पनि तालिम र प्रतिआतङ्कवादी कार्यक्रमका लागि १६,००० सैनिक अफगानिस्तानमा तैनाथ छन् ।
नेटोका अनुसार, गत महिना दक्षिणी अफगानिस्तानमा भएको आक्रमणमा एक जना अमेरिकी सैनिक मारिनुका साथै दुई जना घाइते भएका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु
- 8 minutes ago

एजेन्सी । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी) ले आइतबा
अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’
- 13 minutes ago

एजेन्सी । चार वर्षअघि राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले सपथ लिएपछि क्यापिटल हिलको पूर्वतर्फ रहेको हेलिप्याडबाट तत्कालीन राष्ट्रपति बाराक ओबामा मेरिल्याण्डमा रहेको एन्ड्रियुस ज्वाइन्ट् बेस क्याम्पको
सोल्टी सिटी अपार्टमेन्टमा आगलागी (भिडियो)
- 17 minutes ago

काठमाडौँ । काठमाडौँको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो अपार्टमेन्टको पछाडिको भागबाट आगलागी सुरु भएको हो । हाल आगलागी नियन्त्रणका लागि प्रहरी, दमकल र स्थानीयवा
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।
विचित्र विश्व
चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।