Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलएकदिवसीय क्रिकेटको ५२ वर्षको इतिहासमा पहिलो पटक बन्यो यस्तो रेकर्ड

एकदिवसीय क्रिकेटको ५२ वर्षको इतिहासमा पहिलो पटक बन्यो यस्तो रेकर्ड


एजेन्सी । एकदिवसीय विश्वकप २०२३ मा, अहमदाबादको मैदानमा दक्षिण अफ्रिका र अफगानिस्तानबीच खेलिएको ४२औँ खेल एकदिवसीय क्रिकेटको विशेष रेकर्ड बन्यो। यी दुई टोलीबीच नोभेम्बर १० मा भएको खेलमा दक्षिण अफ्रिकाले ५ विकेटले जित हात पारेको थियो ।

एकदिवसीय क्रिकेटको ५२ वर्षको इतिहासमा एक वर्षमा २०० वा सोभन्दा बढी खेल खेलिएको यो पहिलो पटक हो ।

टि२० क्रिकेटको आगमन पछि, धेरै कम टोली एकदिवसीय श्रृंखला खेलेको देखियो। तर, सन् २०२३ मा हुने एकदिवसीय विश्वकपका कारण सहभागी टोलीले निकै चासो देखाएकाले पहिलो पटक २०० ओडीआई खेलको आँकडा छोएको हो ।

यसअघि सन् २००७ मा एकदिवसीय ढाँचामा सबैभन्दा धेरै खेल खेलिएको थियो जसमा त्यो वर्ष कुल १९१ खेल खेलिएको थियो।

यसबाहेक सन् २०२२ मा १६१ एकदिवसीय खेल, सन् २००६ मा १६० एकदिवसीय र सन् १९९९ मा १५४ एकदिवसीय खेल खेलिएको थियो।

सन् २०२३ मा सबैभन्दा धेरै एकदिवसीय खेल खेल्ने टोलीको सूची हेर्दा श्रीलंकाको टोली हाल पहिलो स्थानमा छ, श्रीलंकाले कुल ३१ ओडीआई खेल खेलेको छ।

अहिले भारत र श्रीलंकाको टोली संयुक्त रुपमा दोस्रो स्थानमा छन् । दुवै टोलीले यो वर्ष अहिलेसम्म २९–२९ एकदिवसीय खेल खेलेका छन् । जबकि क्यानडा र जर्सीका टोलीले यो वर्ष अहिलेसम्म सबैभन्दा कम एकदिवसीय खेल खेलेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान

नेपालले महिला एसिया कप क्रिकेट खेल्ने

काठमाडौँ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार

बहराइनसँग नेपाल ३-० ले पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई

आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ । नेपालले

नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । नेपाले आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस

आयरल्यान्ड वुल्भ्समाथि नेपालको जित

काठमाडौँ । पहिलो टी–२० खेलमा आयरल्यान्डको ए क्रिकेट टिम आयरल्यान्ड्स वुल्भ्समाथि नेपाली राष्ट्रिय क्रिकेट टिमले जित हात पारेको छ ।

Techie IT