तालिबानसँग वार्ता पुनः शुरु हुने अमेरिकी विदेशमन्त्रीको भनाई
- सोमबार, २३ भदौ, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्तराज्य अमेरिका र अफगानिस्तानका विद्रोही तालिबान समूहसँग भविष्यमा पुनः वार्ता शुरु हुने विश्वास व्यक्त गरेका छन् ।
अमेरिकी टेलिभिजन फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री पोम्पेओले गत बिहीबार अफगानिस्तानमा तालिबानको कारबम आक्रमणका कारण एक अमेरिकी सैनिकको मृत्यु भएपछि हालका लागि वार्ता “मृततुल्य” भएको बताए ।
“मलाई विश्वास छ चाँडै वार्ता पुनः शुरु हुनेछ,” पोम्पेओले भने । उनले वार्ताका क्रममा तालिबान समूहले देखाएको लचकता व्यवहारमा नदेखिएको गुनासो गरे ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शनिबार अफगान विद्रोही तालिबान र अफगान सरकारका प्रतिनिधिसँग अमेरिकाको क्याम्प डेभिडमा आयोजना गर्न लागेको गोप्य बैठक एकपक्षीय रुपमा रद्द गरेका थिए ।
राष्ट्रपति ट्रम्पले तालिबान समूहले गत साता काबुलमा गराएको कारबम आक्रमणबाट एक जना अमेरिकी सैनिक समेत १२ जनाको मृत्यु भएपछि वार्ता रद्द गरेको बताएका थिए ।
शनिबार ट्वीट गर्दै उनले अफगानी विद्रोही समूह तालिबानसँगको शान्ति प्रक्रिया पनि स्थगन गरिएको घोषणा गरेका छन् ।
आतंकवादी संगठन अल–कायदाले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा गरेको भिषण आक्रमणको वार्षिक स्मृति दिवसको पूर्वसन्ध्यामा यो कार्यक्रम आयोजना हुन लागेको थियो ।
एएफपीका अनुसार अमेरिकामा आक्रमणलगत्तै अल–कायदाका नेता ओशामा बिन लादेन लुकेर बसेको अफगानिस्तानमा अमेरिकाले आक्रमण गरी तत्कालीन तालिबानी सरकारलाई अपदस्थ गरेको थियो । अल–कायदा र तालिबान विरुद्ध सन् २००२ यता भएका कारबाहीका क्रममा अफगानिस्तानमा दुई हजार ४०० भन्दा बढी अमेरिकी सैनिकको ज्यान गइसकेको छ ।
वार्ता रद्द गरेको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्यौलमा परेको छ । हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन् । झण्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगानी सेनालाई तालिम, सल्लाह र हवाई सुरक्षा प्रदान गरिआएको छ ।
अफगान मामिलासम्बन्धी अमेरिकी विशेषदूत जाल्मे खलिलजादले हालै मात्र तालिबान समूहसँगको वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए । तर राष्ट्रपति ट्रम्पमाथि अफगान सरकार र केही अमेरिकी सांसदहरुले अमेरिकी सैनिक तत्काल फिर्ता गर्न नहुने भन्दै दबाब दिइरहेका थिए ।
ट्रम्पले ट्वीटमा भनेका छन्, “मुख्य तालिबान नेताहरु र अफगानिस्तानका राष्ट्रपतिसँग अलग्गै आइतबार क्याम्प डेभिडमा गोप्य भेटघाटको समय मिलाइएको थियो, र यसलाई गोप्य राखिएको थियो ।”
“उनीहरु संयुक्तराज्य अमेरिका आजै राति आउँदै थिए । दुर्भाग्यवस, उनीहरुले काबुलमा आक्रमण गरे जसका कारण एक जना बहादुर अमेरिकी सैनिक र अरु ११ जनाको मृत्यु भयो । मैले तत्कालै बैठक रद्द गरें र वार्ता प्रक्रिया रोकेको छु,” ट्रम्पले लेखेका छन् ।
तालिबान समूहले गत बिहीबार काबुलको अमेरिकी राजदूतावास नजिकै गरेको कारबम बिस्फोटमा एक जना अमेरिकी सैनिक, नेटो सम्बद्ध एक रोमानियाली सैनिक र १० जना सर्वसाधारणको ज्यान गएको थियो । अमेरिका–तालिबान वार्ता जारी रहेकै अवधिमा पछिल्ला केही दिनदेखि तालिबानले देशव्यापी रुपमा शृंखलाबद्ध बम बिस्फोट गराइरहेको छ ।
तालिबान समूहले अमेरिकाले वार्ता स्थगित गरेमा त्यसबाट अमेरिकालाई नै बढी क्षति हुने चेतावनी दिएको छ ।
––
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
शाहरुख खानको फिल्मले हालसम्म कति कमायो ?
- 7 minutes ago

एजेन्सी । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित एक्सन फिल्म ‘पठान’ रिलिज भएको एक साता मात्र भएको छ र यसले बक्स अफिसका सबै प्रमुख रेकर्ड तोडेको छ ।
प्रेमप्रसाद आत्मदाह प्रकरण – प्रहरीले उपेन्द्र महतोसँग पनि बयान लियो
- 10 minutes ago

प्रेमप्रसाद आचार्य आत्मदाह प्रकरणमा प्रहरीले गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोसँग बयान लिएको छ ।
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए
- 16 minutes ago

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हा
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।