आदित्य नारायणको पीडाः बाबुले दिए चेतावनी

एजेन्सी । बलिउड सिंगर आदित्य नारायण झा पछिल्लो समय विवाहका कारण चर्चामा रहेका छन् । उनले लामो समयदेखि प्रेमसम्बन्धमा रहेकी अभिनेत्री श्वेता अग्रवालसँग डिसेम्बर १ मा श्वेतासँग विवाह गर्दैछन् । कोरोना महामारीका कारण उनले सानो पारिवारिक उपस्थितिमा विवाह गर्न लागेको समेत जानकारी दिएका थिए । 

 

तर, पछिल्लो मिडिया रिपोर्ट अनुसार आदित्यका मातापिता भने आदित्यको विवाहलाई लिएर खुसी छैनन् । उनीहरुलाई श्वेता खासै मन नपरेको मिडिया रिपोर्टमा उल्लेख छ । आदित्यका पिता उदित नारायण झाले भने छोराको विवाहबारे आश्चर्यचकित पार्ने बयान दिएको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

सोही कारण पनि उदितले छोरा आदित्यलाई विवाहबारे सुझाव दिएको बताइएको छ । पछि कुनै पनि समस्या आएमा आफुलाई जिम्मेवार नठराउन उनले चेतावनी दिएको बताइएको छ । छोराको विवाहको खबरले आफुहरु खुसी भएको तर, पछि आउने समस्याप्रति पहिला नै सचेत गराएको मिडिया रिपोर्टमा उल्लेख  छ। 

 

उदितले भनेका छन्, श्वेतालाई म लामो समयदेखि चिन्छु । तर, मैले उनलाई छोराको साथीको रुपमा मात्र चिनेको छु । आदित्य एक दिन मेरो सामु आयो र श्वेतासँग विवाह गर्ने कुरा बतायो । मैले उसलाई यति भन कि वैवाहिक सम्बन्ध बिग्रिएमा परिवारलाई दोष दिने छैनौँ । 

 

उदितले आफ्नो छोराको विवाह भव्य रुपमा गर्ने इच्छा भएको बताएका छन् । तर, कोरोना महामारीका कारण सरकारी नियम अनुसार आफुहरु चल्नुपर्ने उनले बताए ।   

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छः महासचिव पौडेल

  • 18 minutes ago
नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छः महासचिव पौडेल

रुपन्देही । सङ्घीय सरकारका अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताएका छन् । प्रेस संगठन रुपन्देहीले मंगलबार साँझ बुटवलमा

निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

  • 25 minutes ago
निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

एजेन्सी । निकारागुवामा मंगलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु २५ जना घाइते भएका यहाँका केही स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

पाकिस्तानमा कोरोना संक्रमण बढ्दै

  • 29 minutes ago
पाकिस्तानमा कोरोना संक्रमण बढ्दै

एजेन्सी । पाकिस्तानमा गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका बताइएको छ । गएको जुलाई ७ यताकै सबैभन्दा धेरै संक्रमित भेटिएका पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जानकारी



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

राति निन्द्रा लाग्दैन ?

राति निन्द्रा लाग्दैन ?

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदि रातमा निद्रा लागेन भने मानिसलाई छटपटि लाग्न सक्छ । यसका साथै निद्रा नपुगेमा अन्य थुप्रै रोग समेत लाग्न सक्छ । यसका लागि समाधानको उपायको रुपमा यी कुराहरुलाई अपनाउन सकिन्छ ।