अर्बपति गौतम अडानीका कारण शेयर बजारमा आतङ्क

Global IME
Norvic Hospital

एजेन्सी । भारतका अर्बपति उद्योपति गौतम अडानीका कारण शेयर बजारमा आतङ्क छाएको छ । कोइला, विमानस्थल, सिमेन्ट र सञ्चार क्षेत्रमा फैलिएको उनको व्यापारिक साम्राज्य अहिले कर्पोरेट ठगीको आरोप र शेयर बजारमा आएको अचानक गिरावटले आतङ्क छाएको हो । 

 

एशियाका सबैभन्दा धनी अडानीले यो साता आफ्नो कुल सम्पत्तिमा २५ अर्ब अमेरिकी डलर गुमाए । फोब्र्सको विश्वव्यापी धनीहरूको तेस्रो सूचीमा रहेका उनी सातौँमा झरेका छन् । यद्यपि व्यापार जगत्मा सफलता पाएका सङ्घर्षशील व्यक्तिका रूपमा उनको नाम अग्रपङ्तिमा छ । 

 

सन् १९९८ को पहिलो दिन आफ्ना एक जना सहयोगीसँगै बन्दुकधारीको अपहरणमा परेका थिए । अपहरणकारीले पन्ध्र लाख अमेरिकी डलर फैरौतीको माग गरेको थियो । उनी अज्ञातस्थलमा रिहा भएका थिए । एक दशकपछि यहाँको ताज महल प्यालेस होटलमा उनी खाना खाइरहेका थिए । यो त्यही होटल हो जसलाई आतङ्ककारीले घेरा हालेर एक सय ६० जनाको हत्या गरेका थिए । भारतमा भएको यो भयानक आतङ्वादी आक्रमण थियो । होटलका अन्य सयौँसँगै परिबन्धमा परेका अडानी रातभर होटलको भूँइतलामा बसेर बाँचेका थिए । उनलाई अर्को दिन सुरक्षाकर्मीले उद्धार गरेका थिए । “मभन्दा १५ फिट पर मृत्यु मडारिइरहेको थियो,”आफ्नो निजी विमानबाट गृहनगर अहमदावादमा ओर्लदा उनले त्यसदिनको आफ्नो त्रासदीपूर्ण अनुभव सुनाएका थिए । 

 

साठी वर्षका अडानी भारतका अर्वपतिभन्दा पृथक छन् । अरुलेजस्तो उनी जन्मदिन वा विवाह भोजमा फजुल खर्च गर्दैनन् । त्यसो नगर्दा उनी पत्रपत्रिकामा भोजभतेरमा अधिक खर्च गर्ने व्यापारिका रूपमा पनि छाउँदैनन् । अन्तर्मुखी उनी सधैँ आकर्षण र तडकभडकभन्दा पर रहन्छन् । सञ्चारमाध्यमसँग बिरलै बोल्छन् । व्यवसायसँग सम्बन्धित भोजभतेरमा पनि आफ्ना सहयोगीलाई पठाउँछन् । “म भोजभतेरमा जाने सामाजिक प्राणी होइन,” फिनान्सियल डाइम्जलाई सन् २०१३ मा दिएको अन्तर्वार्तामा उनले भनेका थिए । 

 

मध्यम वर्गीय परिवारमा जन्मेका अडानी १६ वर्षको उमेरमा विद्यालयबाट बाहिरिएर  देशको वित्तीय राजधानी मुम्बईमा रत्नआभूषणको आकर्षक व्यापारमा काम खोज्न आएका थिए । आफ्ना दाजुको प्लाष्टिक व्यापारमा छोटो समय काम गरेका उनले त्यसपछि पारिवारिक व्यापारको साम्राज्य थालेका हुन् । सन् १९८८ मा निर्यात व्यापारबाट उनको व्यापार यात्रा प्रारम्भ भएको हो । सात वर्षपछि अर्थात् सन् १९९५ मा आफ्नो गृहराज्य गुजरातमा व्यापारिक सिपिङ पोर्ट निर्माण एवम् सञ्चालनको ठेक्का पाएपछि उनी व्यापारिक साम्राज्य विस्तार गर्दै सफलताको शिखरतर्फ लम्केका हुन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत: अध्यक्ष राउत

  • 7 minutes ago
लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत: अध्यक्ष राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षा गर्न आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको बताए ।

जमिनमा तेल चुहिएपछि कुवेतको तेल कम्पनीद्वारा आपतकालीन अवस्थाको घोषणा

  • 11 minutes ago
जमिनमा तेल चुहिएपछि कुवेतको तेल कम्पनीद्वारा आपतकालीन अवस्थाको घोषणा

काठमाडौँ । जमिनमा तेल चुहिएपछि कुवेत आयल कम्पनीले सोमबार ‘आपतकालीन अवस्था’ को घोषणा गरेको छ ।

प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्दैनः माधव नेपाल

  • 14 minutes ago
प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्दैनः माधव नेपाल

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिनुनपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताएका हु



पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।