भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते

  • सोमबार, १९ साउन, २०७७
  • 1 month ago
  • नेपाल

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । आमचोक–३ को हागातुङ सडकखण्डमा बयाङबाट बालाङ्खातर्फ जाँदै गरेको १–०२–००३ त ५८८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २८ वर्षीय चालक दीपक कुँवरको आइतबार राति उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

 

घाइते हुनेमा १४ वर्षीय नवहाङ राई, १६ वर्षीय विकास कुँवर र १८ वर्षीय सहचालक नकुल राई रहेका छन् । उनीहरुको धरान स्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीको भनाइ छ । ट्याक्टर अनियन्त्रित भई सडकबाट ३०० मिटर तल झरेको थियो ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पोखरामा भर्खर जन्मिएका २० घण्टाको नवजात शिशुलाई पनि कोरोना संक्रमण

  • 3 minutes ago
पोखरामा भर्खर जन्मिएका २० घण्टाको नवजात शिशुलाई पनि कोरोना संक्रमण

पोखरा । पोखरामा थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपाली सेनाको कुटपिटपछि भएको मृत्यु प्रकरण मुद्धामाथि अनुसन्धान सुरु

  • 13 minutes ago
नेपाली सेनाको कुटपिटपछि भएको मृत्यु प्रकरण मुद्धामाथि अनुसन्धान सुरु

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका १ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । राप्ती नगरपालिका वडा नं २ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि ग

गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण

  • 20 minutes ago
गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण

कास्की । गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ८ सय ६३ पुगेको छ ।



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।