मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

  • बिहीबार, ३ आषाढ, २०७८
  • 1 month ago
  • नेपाल

मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । 

 

गए राति करिब ११ः०० बजेतिर काठमाडौँबाट भक्तपुर जाँदै गरेको बा७७प ५६०५ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोलुखुम्बु चौलाखर्कका २७ वर्षीय रमेशकुमार बस्नेतको आज बिहान मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

 

दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा आज बिहान साढे २ः०० बजे मृत्यु भएको गिरीले बताए । 

 

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका उदयपुर ताप्ले गाउँपालिका–५ घर भई काठमाडौँ काडाँघारी बस्ने २२ वर्षीय लोकेन्द्र मग्राती र सिन्धुली तीनपाटन गाउँपालिका–५ घर भई काठमाडौँ काँडाघारी बस्नेत २५ वर्षीय अमित जैरु घाइते भई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको उनले जानकारी दिए ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

  • 1 hour ago
काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • 1 hour ago
जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारि

बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

  • 2 hours ago
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाउनको लागि शीर्ष नेताहरुको



पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।