स्कटल्याण्डको एबर्डिनमा सञ्चालित नेपाली भाषा कक्षा पांचौं वर्षमा

  • आइतबार, २० जेष्ठ, २०७५
  • 2 years ago
  • युके

एबर्डिन, स्कटल्याण्ड ।  स्कटल्याण्डको एबर्डिनमा रहेको नेपालीहरुको समाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले निरन्तर  सञ्चालन गर्दै आएको नेपाली भाषा पठनपाठन कक्षा शुरु भएको चार बर्ष पुरा भइ पांचौं वर्षमा प्रवेश गरेको छ ।

 

विभिन्न काम तथा अध्ययनका   शिलशिलामा बेलायत आएका नेपालीहरुको छोराछोरीहरुलाई नेपाली भाषा शुद्धसंग बोल्न र नेपाली रितीरिवाज, चाडपर्व तथा संकृतिको बारेमा जानकारी दिने मुल उद्देश्यका साथ यो कार्यक्रम सन्चालनमा ल्याइएको थियो । 

 

हरेक  २ हप्तामा २ घण्टाको दरले कक्षा सञ्चालन गरिदै आएको छ । नेपाली भाषा कक्षामा केहि समयअघिदेखी नृत्य प्रशिक्षण कक्षा पनि थप गरिएको संस्थाका  अध्यक्ष मीन भट्टले जानकारी दिए । एसोसिएसनले नेपाली अभीभावकहरुकै सहयोग लिएर  नेपालमा रहंदा शिक्षण  पेसामा लागेर अनुभव हासिल गरेका तथा भाषा र संस्कृतिमा रुचि भएका व्यक्तिहरुबाट पठन पाठन गराउंदै आएको छ । एसोसिएसनका कार्यसमिती सदस्य तथा पत्रकार शिव तिवारीको संयोजकत्वमा  मिन भट्ट, प्रकाश जिसि, कल्पना जिसि, तोया सापकोटा, सिर्जना पाण्डे, सागर सिम्खडा, सगुन न्यौपाने,  चण्डिका लामिछाने लगायतको समूह कक्षा स्ञ्चालनमा कृयाशिल छ ।  

 

कक्षा सञ्चालन भएको चार वर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै  अध्यक्ष भट्टले नेपाली भाषा कक्षा निरन्तरताको प्रतिबद्धता व्यक्त गरे । संयोजक तिवारीले कक्षामा सहभागी नेपाली बालबालिकाहरु  नेपाली भाषा प्रष्ट बोल्न, लेख्न र पढ्ने सक्ने भएको जानकारी दिदै आजकल झनै प्रभावकारी  भइरहेको  बताए ।

 

एबर्डीन स्कट्ल्याण्डको माइल इण्ड प्राइमरी स्कुलबाट सुरु गरिएको नेपाली भाषा कक्षा हाल एबर्डिन सिटी काउन्सिलले उपलब्ध गराएको एसोसिएसनको आफ्नै कार्यालयमा संचालन भइरहेको छ । नेपाली बालबालिकाहरुको उल्लेख्य सहभागिता  रहेको भाषा कक्षामा ३ देखी १५ वर्षसम्मका नेपाली बालबलिकाहरुलाई बिभिन्न समुहमा विभाजित गरी  पठन पाठन  हुंदै आएको छ ।

 

बिगत बर्षहरुमा संस्थाले आफ्नै खर्चमा कक्षा सञ्चालन गरे पनि गत वर्षदेखी ’द नेसनल लोटरी’ नामक संस्थाद्वारा वर्ष २०१७ र २०१८ को लागी झण्डै ५ हजार पाउण्ड सहयोग प्राप्त गरेको उक्त समाजिक संस्थाका  प्रोजेक्ट कोर्डिनेटर नबिन क्षेत्रीले बताए । प्राप्त रकम प्रभावकारी योजना सहित  बालबालिकाहरुको बृहत्तर विकासमा खर्च गर्न पाउंदा खुशी लागेको भन्दै सबै नेपालीहरुबाट आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा रहेको उनले सुनाए । 

 

संयोजक तिवारी तथा अध्यक्ष भट्टले संयुक्त रुपमा केक काटेर पांचौ वर्ष प्रवेशको स्वागत गरिएको थियो । सो अवसरमा  आर्ट प्रतियोगिता गरी सहभागी उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने नेपाली भाषा शिक्षक हरुलाई सम्मान गरिएको थियो । झण्डै २ घण्टा चलेको सो कार्यक्रममा संस्थाका सल्लाहकारहरु डा नारायण श्रेष्ठ, टंक थापा, डा सोहन घिमिरे, बिजय सिग्देल, तोया सापकोटा लगायतको सहभागिता रहेको थियो ।  

 

स्कटल्याण्डको च्यारिटी नियमानुसार दर्ता भएको सामाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले नेपालमा विभिन्न प्राकृतिक विपतहरुका समयमा समेत सहयोग गर्दै आएको छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अनेरास्ववियू उपत्यका स्तरिय भेलामा प्रचण्डको ‘उत्तेजक’ भाषण

  • 3 hours ago
अनेरास्ववियू उपत्यका स्तरिय भेलामा प्रचण्डको ‘उत्तेजक’ भाषण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनविरुद्धको आन्दोलनमा टाउको फुटाउन तयार रहेको बताएका छन् । आइतबार काठमाडौँमा भएको नेकपाको प्रचण्ड–नेपाल पक्षको अ

अष्ट्रेलिया र युट्युबको लागि बेचियो ‘डिसेम्बर फल्स’

  • 4 hours ago
अष्ट्रेलिया र युट्युबको लागि बेचियो ‘डिसेम्बर फल्स’

काठमाडौँ । निर्माणाधिन फिल्म ‘डिसेम्बर फल्स’को युट्युब र अष्ट्रेलिया प्रदर्शन अधिकार एजुकेसन एण्ड माइग्रेसन कर्नरले खरिद गरेको छ । निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार पोखराको बिन्दबासिनी म

आगोले नै निभायो आगो

  • 4 hours ago
आगोले नै निभायो आगो

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला



पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।