तमु प्ये ल्हु संघ यूके आमा समूहको नवौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

  • सोमबार, २३ चैत, २०७७
  • 2 weeks ago
  • युके

लण्डन । तमु प्ये ल्हु संघ यूके आमा समूहको नवौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । आमा समूहकी अध्यक्ष बिष्णु टु क्ल्हेप्री तमुको अध्यक्षतामा शनिबार ३ अप्रिल २०२१ मा नवौं साधारणसभा तथा तेस्रो अधिवेशन सफलतापूर्ण भएको हो । सचिव बबिता प्हच्यु तमुले सन्चालन गरेको अधिवेशनमा प्रथम उपाध्यक्ष टकमाया लेम तमुले स्वागत मन्तव्य राखेकी थिइन् ।

 

कार्यक्रममा तमु प्ये ल्हु संघ यूकेका विभिन्न पदाधिकारीहरु, बुद्धिजीवीहरु, पूर्वअध्यक्षहरु, खेगी गुरुहरुको उपस्थिति रहेको थियो । उनीहरुले बोल्ने क्रममा आमा समूहले स्थापनाकालदेखि तमु प्ये ल्हु संघ यूके शाखाप्रति गर्दै आइरहेका विभिन्न प्रत्यक्ष अप्रत्यक्ष सहयोगहरु ज्यादै सरानीय र अमूल्य रहेको र आमा समूहबिना तमु प्ये ल्हु संघ यूके शाखा अगाडि बढ्न असम्भव रहने कुरा ब्यक्त गर्दै सम्पूर्ण आमाहरुलाई भाबी योजनाको लागि शुभकामना दिएका थिए ।

 

त्यसैगरी खेगी समितिका संयोजक डम्बर टु क्ल्हेप्री तमु र तमु प्ये ल्हु संघ यूकेका धार्मिक सल्लाहकार पच्यु पैंडी चिव यारजुङ् क्रोम्छे तमुले आमा समूहले तमु प्ये ल्हु संघ यूकेको स्थापनाकालदेखि अहिलेसम्म खेगी गुरुहरुप्रति गर्दै आइरहेका विभिन्न अमूल्य सहयोगप्रति एकदमै खुसी रहेको कुरा व्यक्त गर्दै आउँदो दिनहरुमा आमा समूह, तमु प्ये ल्हु संघ यूकेको मूल कार्य समिति, युवा समिति र खेगी समिति यसरी नै मिलिजुली अगाडि बढ्दै जान सकेमा तमु प्ये ल्हु संघ यूकेले तमुहरुको मौलिक स‌ंस्कार संस्कृति, भाषा भेशभुषा र तमुहरुको पहिचानलाई जोगाएर लैजाना ज्यादै सजिलो हुनेछ भन्दै शुभकामना ब्यक्त गरेका थिए ।

 

यसरी विभिन्न वक्ताहरुको शुभकामना मन्तव्य सँगसँगै आमा समूहको वार्षिक कार्य गतिविधि, वार्षिक प्रतिबेदनहरु प्रस्तुत गर्दै अधिवेशनको पहिलो खुल्ला सत्रलाई अन्त गर्दै अध्यक्ष बिष्णु टु क्ल्हेप्री तमुको परिकल्पना, सचिव बबिता प्हच्यु तमुको लेखन तथा तमु प्ये ल्हु संघ यूकेको नवनियुक्त सांस्कृतिक संयोजक अनिता प्ल्हेँ तमुको सुरिलो स्वरमा तमु प्ये ल्हु संघ यूकेको मिडिया कोअर्डिनेटिङ समूहले तयार पारिएको तमु प्ये ल्हु संघ यूके आमा समूहको स्थापनाकालदेखि अहिलेसम्मको छैटौं वृत्तचित्र भिडियो देखाउँदै १५ मिनेटका लागि बैठक विश्राम गरिएको थियो ।

 

१५ मिनेटको छैटौं विश्रामपश्चात् अधिवेशनको दोस्रो बन्द सत्र आमा समूहका निर्देशक परिषद्का स‌ंयोजक सनमाया च्ह्म्रु तमु, नन्द ल्हेँगे तमु र मन्जु टु क्ल्हेप्री तमुले सन्चालन गरेका थिए । उनीहरुले कार्यक्रमलाई अगाडि बढाउँदै उपस्थित सबैको सहमतिमा तमु प्ये ल्हु संघ यूकेको चौथो कार्यसमितिको नियुक्त्त गरियो । जसमा नवनियुक्ति चौथो कार्यसमितिको नामवली निम्नानुसार रहेको छ।

 

अध्यक्षः बिष्णु टु क्ल्हेप्री

उपाध्यक्षः बिजमाया थिम्जे

उपाध्यक्षः माया क्रोम्छे

सचिबः बबिता प्हच्यु

सहसचिबः टिकामाया प्ल्हेँ

कोषाध्यक्षः मिना ल्हेंगे

सहकोषाध्यक्षः भिमा देवी च्हार्ल तमु

 

यसरी तमु प्ये ल्हु संघ यूकेको आमा समूहको चौथो कार्यसमितिको नियुक्तिपस्चात् तुरुन्तै पच्यु पैंडी चिव यारजुङ क्रोम्छे तमुले प्ये ल्हु संघको धार्मिक विधिअनुसार नवनियुक्त सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुलाई शपथ ग्रहण गराए थिए । अन्तमा मिटिङ्मा उपस्थित सबैको बिचमा एकआपसमा शुभकामना आदानप्रदान गर्दै नवनियुक्त सबै पदाधिकारीहरुलाई हार्दिक बधाई दिँदै अध्यक्ष बिष्णु टु क्ल्हेप्री तमुले मिटिङ अन्त गरेकी थिइन् ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँमा मात्रै थप ९८७ जनामा कोरोना संक्रमण

  • 4 minutes ago
काठमाडौँमा मात्रै थप ९८७ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौँमा थप ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ललितपुरमा १०६ जनामा र भक्तपुरमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय काठमाडौ

नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण

  • 9 minutes ago
नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआरबाट २३६५ र एन्टिजेनबाट ६३ गरी २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु

  • 19 minutes ago
भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु

काठमाडौँ । काठमाडौंँको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा



पर्यटन

खुलेको माछापुच्छ्रे हिमाल

खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।

जीवनशैली

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

विचित्र विश्व

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।