नवौँ राष्ट्रिय खेलकुदः उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरामा

Global IME
Mega Bank
Norvic Hospital
  • बुधबार, १२ असोज, २०७९
  • 2 months ago
  • खेल

पोखरा । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा उद्घाटन र समापन समारोहसहित अधिकांश खेल हुने भएका छन् । प्रतियोगिताअन्तर्गत विभिन्न १५ खेल र केही फाइनल खेल उक्त रङ्गशालामा हुने भएका छन् । 

 

प्रतियोगिताको तयारीका लागि गठन गरिएको खेलस्थल व्यवस्थापन समितिका अनुसार रङ्गशालाभित्र ‘इनडोर’ र ‘आउटडोर’ खेल सञ्चालन हुनेछन् । पोखरा रङ्गशालाभित्र एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट (महिला), टेनिस, बक्सिङ, भलिबल (पुरुष), जिम्न्यास्टिक, ह्याण्डबल (महिला र पुरुष), सफ्टटेनिस र स्क्वासका खेल हुनेछन् ।

 

यसैगरी उसु, बास्केटबल (पुरुष), आर्चरी, फेन्सिङ र खोखो (महिला र पुरुष) खेल हुने तय भएको छ । पुरुष फुटबल पोखराकै गोस्तेघाट खेलमैदानमा तथा पोखरा रङ्गशालामा हुनेछन् । महिला फुटबल स्याङ्जाको वालिङ, पृथ्वीनारायण क्याम्पस र पोखरा रङ्गशालामा हुने तय भएको छ । 

 

पोखरा रङ्गशाला बाहिर केही खेल स्थल तोकिएका छन् । फुलकन्ट्याक्ट कराते र जुडो पोखराको प्रदर्शनी केन्द्र, शारीरिक सुगठन पोखरा सभागृह, पौडी फिस्टेल एकेडेमी तथा टेबलटेनिस कोल्मा बाहकोट समाजघरमा हुनेछ । महिला हक्की गण्डकी बोर्डिङ स्कुल  र पुरुषको गौरीशङ्कर खेलमैदान, भारत्तोलन पोखरा उद्योग वाणिज्य सङ्घ, गल्फ हिमालयन गल्फ कोर्ष, साइक्लिङ रानीवन, ट्रायथोलन लेकसाइड, प्याराग्लाइडिङ सराङकोट, रग्वी भण्डारढिक खेलमैदान र कबड्डी रञ्जित पार्टी प्यालेसमा सञ्चालनको तयारी गरिएको छ ।

 

प्रतियोगिताका ३६ खेलमध्ये सुटिङबाहेक गण्डकीमा हुँदैछन् । पूर्वाधार नभएकाले सुटिङ काठमाडौँमा हुने खेलस्थल व्यवस्थापन समितिका उपसमितिका संयोजक राजेश गुरुङले बताउनुभयो । पुरुष क्रिकेट यसअघि नै काठमाडौँमा सम्पन्न भइसकेको छ । गण्डकीका मनाङ, मुस्ताङ, लमजुङ र तनहुँ बाहेकका जिल्लामा खेल खेलाइँदैछ । राष्ट्रिय खेलकुद आउन अब दुई साता बाँकी रहँदा तोकिएका खेलका पूर्वाधारको मर्मत र सरसफाइ सुरु भएको छ । 

 

प्रतियोगितालाई भव्य बनाउनका लागि पूर्वाधारको स्तरोन्नतिको काम सुरु भएको राष्ट्रिय खेलकुद परिषद् मातहतको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । उनका अनुसार तोकिएका खेलस्थललाई खेल्न योग्य बनाउने तथा पूर्वाधार स्तरोन्नति, बत्ती, सरसफाइ, पानीको व्यवस्थालगायतका काम भइरहेका छन् । दशैँअघि पूर्वाधारको मर्मत सम्पन्न गर्ने योजना छ ।

 

योगीले भने, “राष्ट्रिय खेलकुदका लागि तोकिएको खेल पूर्वाधारलाई राम्रो बनाउनका लागि स्तरोन्नति र मर्मत तथा सरसफाइ काम भइरहेको छ । खेलस्थलमा बत्ती, सरसफाइ, पानीको सुविधा, शौचालयको सरसफाइ तथा रङ्गरोगनलगायत काम सकेर व्यवस्थित प्रतियोगिता सञ्चालन गर्ने योजना छ ।”

 

यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय  खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट सात सय दुई खेलाडीले नाम दर्ता गराएका छन् । गण्डकीले सहभागिता जनाउने सबै खेलको अहिले विशेष प्रशिक्षण भइरहेको छ । दशैँलगत्तै बन्द प्रशिक्षण हुने प्रदेश खेलकुद परिषद्ले जनाएको छ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

  • 2 hours ago
कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

  • 2 hours ago
कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

  • 2 hours ago
चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक



पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।