राष्ट्रिय खेलकुदका लागि राष्ट्रपतिलाई निमन्त्रणा

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद–२०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पत्र मंगलबार प्रदान गरिएको छ ।

राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले शीतल निवासमा निमन्त्रणापत्र प्रदान गरेका हुन् । सो अवसरमा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टङ्कलाल घिसिङ र सदस्य दीपेन्द्र विष्ट उपस्थित थिए ।

पोखरा रङ्गशालामा असोज २८ गते हुने नवौँ राष्ट्रिय खेलकुदको राष्ट्रपति भण्डारीबाट समुद्घाटन हुने कार्यक्रमअनुसार निमन्त्रणा गरिएको हो । त्यसअवसरमा राष्ट्रपति भण्डारीलाई राष्ट्रिय खेलकुदका विषयमा हालसम्म भएका कार्य प्रगतिका बारेमा पनि जानकारी गराइएको थियो ।

नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीको बीमा

राखेप नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी नौ हजार जनाको बीमा गरिने भएको छ । त्यसका लागि राखेप र राष्ट्रिय बीमा कम्पनीबीच मंगलबार सम्झौता भएको छ । राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत शङ्कर अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

बीमित खेलाडीको सङ्ख्या छ हजार रहेको छ भने बाँकी तीन हजारमा निर्णायक, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी, अफिसियलगायत रहेको नवौँ राष्ट्रिय खेलकुद कार्यकारी समितिको सचिवालय प्रमुख फणिन्द्र पौडेलले जानकारी दिए । बीमाको अवधि एक महिना रहेको छ । प्रत्येकको रु १० लाख बराबरको बीमा गरिएको हो । 

Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

  • 3 hours ago
कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

  • 3 hours ago
चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।