हप्तामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिने

  • बिहीबार, ८ असोज, २०७७
  • 4 weeks ago
  • नेपाल

काठमाडौँ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेस हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेस गर्न लागेको हो ।

 

बिहीबार मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बसेको  उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा पेस गर्ने निर्णय गरेको हो । 

 

प्रस्ताव तयार गर्नको लागि पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गरिएको छ । समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरुलाई समेत सामेल गरेर अध्ययन प्रस्ताव तयार गर्ने भएको हो ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अष्ट्रेलियामा कस्तो छ कोरोना संक्रमणको अवस्था ?

  • 1 minute ago
अष्ट्रेलियामा कस्तो छ कोरोना संक्रमणको अवस्था ?

सिड्नी । अष्ट्रेलियामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या २७ हजार ४८४ छ । कोरोना संक्रमणबाट हालसम्म अष्ट्रेलियामा ९०५ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिममा मात्रै कोरोनाबाट २१ जनाको मृत्यु

  • 7 minutes ago
सुदूरपश्चिममा मात्रै कोरोनाबाट २१ जनाको मृत्यु

बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) बाट हालसम्म २१ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

  • 10 minutes ago
कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

बाँके । बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको हो ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

काठमाडौं । दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ ।

विचित्र विश्व

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

एजेन्सी । विश्वमा यस्ता देशहरु पनि रहेका छन् जसले विभिन्न कारणमा राजधानी परिवर्तन गरेका छन् । अहिले पनि इन्डोनेशियाको राजधानी जकार्ता रहेको छ, तर यो शहर पानीले बिस्तारै डुब्दै गएको छ ।