गृहपृष्ठ ∕
नेपाल ∕
‘अटोमेसन’ आयल निगमको एकाधिकार होइनः प्रधानमन्त्री ‘अटोमेसन’ आयल निगमको एकाधिकार होइनः प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वचलित मूल्य प्रणाली अर्थात् ‘अटोमेसन’ भनेको आयल निगमको एकाधिकार नभएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो जानकारीबेगर पेट्रोलियम पदार्थको मूल्य आयल निगमले बढाएको बताए। उनले आफूले बिहानै फिर्ता गर्न निर्देशन दिएको र सोहीअनुसार मूल्यवृद्धि पुरानै मूल्यमा यथावत् राखिएको पनि सदनलाई जानकारी दिए।
‘केही महिना अगाडि विस्तारै पहिलेको ऋण चुक्ता गरेर नाफमा गएको अवस्थामा यसैबेला अटोमेसनमा जाने कुरा भएको थियो। तर, अहिलेको जनताको भावना र आवश्यकताविपरीत मूल्य बढ्यो,’ प्रधानमन्त्रीले भने, ‘अटोमेसन भनेको आयल निगमको स्वतन्त्रता हैन। अहिलेको परिस्थितिमा फिर्ता लिएको छ।’
उनले सुन छानबिन प्रकरणमा उच्चस्तरीय छानबिन अयोग निर्माण गरिएको पनि बैठकमा जानकारी गराए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार
तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका
टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर
बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको
खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक