गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेशसभामा विश्वासको मत मागेका मुख्यमन्त्री पोखरेललाई बहुमत सांसदहरु समर्थन गरेका हुन् ।
विस्तृतमा
काठमाडौँमा थप दुई जनामा हैजा पुष्टि

काठमाडौँ। काठमाडौँमा थप दुई जनामा हैजा पुष्टि भएको छ। चार र पाँच वर्षका बालकमा हैजा संक्रमण पुष्टि भएको हो। कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए।
इटालीमा खराब खडेरीका कारण आपतकाल घोषणा

एजेन्सी । उत्तर इटालीमा सबैभन्दा खराब खडेरीका कारण सरकारले आपतकालिन घोषणा गरेको छ । खडेरीपछि सरकारले नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्ने निर्णय गरेको हो ।
कांग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौँ। आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। दिउँसो एक बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा भने उपस्थित नहुने जनाइएको छ। आजको बैठक नेतृत्व पार्टीका उपसभापति पूर्णबहादुर खड्काले गर्ने कार्यक्रम रहेको छ।
गोलभेंडा खेती गर्न तयार गरिएको जमिन

देउखुरी। घोराही– १८, मसिनामा मल्चिङ प्रविधिद्वारा गोलभेंडा खेती गर्न तयार गरिएको जमिन।
इजरायलको रोजगारी पुन: खुल्यो

काठमाडौं । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनस् सुरु भएको छ ।
आजको मौसमः मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
पुर्वराजा ज्ञानेन्द्रले ७६औँ जन्मोत्सव थाइल्यान्डमा मनाउने

काठमाडौँ । पुर्वराजा ज्ञानेन्द्रले ७६औँ जन्मोत्सव थाइल्यान्डमा मनाउने भएका छन्। दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६ओं जन्मोत्सव थाइल्यान्डमा मनाउन लागेका हुन् ।
चीन र पाकिस्तानका कम्पनी अमेरिकाको कालोसूचीमा

एजेन्सी । युक्रेन युद्धमा रूसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले चीन र पाकिस्तानसहित अन्य मुलुकका ३६ कम्पनीलाई व्यापारको कालोसूचीमा राखेको छ ।
बागमतीमा बजेटमाथिको आजबाट छलफल

काठमाडौँ। बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि आजबाट छलफल सुरु हुँदैछ। छलफलको लागि आज आइतबार दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्षका लागि कूल ७० अर्ब ९३ करोड अनुमानित बजेट सार्वजनिक गरिएको थियो।
रुपर्ट मर्डोकले चौथो पटक सम्बन्धविच्छेद गर्ने तयारीमा, ३० वर्ष कान्छी श्रीमतीबाट अलग हुँदै

सिड्नी । अस्ट्रेलियाली–अमेरिकी बिजनेस टाइकुन र मिडिया मुगलको रूपमा विश्वव्यापी रूपमा परिचित रुपर्ट मर्डोकले फेरि एक पटक सम्बन्धविच्छेद गर्न लागेका छन्। ६ वर्षअघि मर्डोकले चौथो पटक विवाह गरेका थिए ।
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।