आगामी वर्षका लागि आर्थिक विधेयक पारित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आर्थिक विधेयक पारित गरेको छ । शुक्रबार कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको नगरसभाको ११औँ अधिवेशनले आगामी आर्थिक वर्षका लागि विधेयक पारित गरेको हो ।
विस्तृतमा
कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो ।
बुटवल–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

चितवन । बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
विपद् सतर्कता अपनाउन जुट्दै स्थानीय तह

खलंगा । मनसुन थप सक्रिय हुन थालेपछि जुम्लाका स्थानीय तह विपद् सतर्कता अपनाउन जुटेका छन् । विपद् पूर्वतयारीमा जुट्न स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालयले अग्रह गरेको छ ।
कस्तो रहला आज दिनभरको मौसम ?

एजेन्सी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तर तिर (नेपालको दक्षिणी भूभाग नजिक) रहेको छ।
तारकेश्वरमा यसरी मनाईयो राष्ट्रिय धान दिवस (फोटो फिचर)

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा आज १९ औं राष्ट्रिय धान दिवस आज मनाइएको छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको मेयर कृष्णहरी मर्हजनले बताउनुभयो ।
काठमाडौँ उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि

काठमाडौँ। काठमाडौँ उपत्यकामा १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा असार २ देखि बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो। मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइन्।
‘कृषिमा आधुनिकीकरण आवश्यक छ’

गण्डकी । गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले कृषिमा आधुनिकीकरण हुन आवश्यक रहेको बताएका छन् । बन्दीपुर गाउँपालिका–१ स्थित हरियाली कृषक समूहलाई आज ट्र्याक्टर हस्तान्तरणपश्चात् उनले बाँझो जमिन नराखी जग्गालाई चक्लाबन्दी गरी व्यवस्थित तरिकाले कृषि खेती गर्नुपर्नेमा जोड दिए ।
'बेरुजु फछ्र्यौटलाई अभियानका रुपमा अघि बढाऔँ'

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले बेरुजु बढिरहेको देखाएकाले बेरुजु फछ्र्यौटलाई अभियानका रुपमा अघि बढाइनुपर्नेमा जोड दिएक िछन् । महालेखा परीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले अभियानका रुपमा बेरुजु फछ्र्यौट गरेपछि बेरुजु राख्न नदिने गरी आर्थिक अनुशासन पालना गरिनुपर्ने बताइन् ।
विमानस्थलबाट कस्तुरीको विनासहित कोरियन नागरिक पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कस्तुरीको विनासहित कोरियन नागरिक पक्राउ परेका छन्। कोरिया जान लागेका एक कोरियन नागरिक कस्तुरीको विनासहित पक्राउ परेका हुन्। कोरियन एयरको उडानद्वारा कोरिया जान लागेका जंग जून जुन नामक कोरियन नागरिकलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा प्रहरीले पक्राउ गरेको हो।
डाक्टर कुट्ने ट्राफिक प्रहरी निलम्बित

काठमाडौँ। डाक्टर कुट्ने ट्राफिक प्रहरी निलम्बित भएका छन्। ललितपुरको एकान्तमा पैदल हिँडेका चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरीराजेन्द्र थापा निलम्बनमा परेका हुन्। पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङमाथि आईतबार राति थापाले कुटपिट गरेका थिए।
नेपाल ट्रेण्डिङ्ग
- राससका अध्यक्ष झालाई स्वतन्त्रता सेनानी सम्मान
- स्वास्थ्य मन्त्रालयद्वारा पूर्वतयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
- प्रधानसेनापतिद्वारा संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण
- बाघको आक्रमणबाट एक महिला घाइते
- गाईघाटका पसल डुबानमा
- बेनी–जोमसोम सडक अवरुद्ध
- रोपाइँ सकेपछि युवक युवती
- लमजुङमा ३५ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।